नाइमामा हुन्डाईका ४ नयाँ मोडल लन्च हुने

काठमाडौं । मंगलबार (साउन २६ गते)देखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा हुन्डाईका चार नयाँ मोडल सार्वजनिक हुने भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार नयाँ प्रोडक्ट लन्च गर्ने भएको हो ।

कम्पनीले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत ४ नयाँ कार लन्च गर्ने जानकारी गराएको हो । यद्यपि, कम्पनीले कुन कुन मोडल लन्च हुँदैछन् भन्ने खुलाएको छैन ।

कम्पनीले नखुलाए पनि सार्वजनिक हुने मोडलमा हुन्डाई आयोनिक ९ ईभी, नेपालमै एसेम्बल भएको अल न्यू हुन्डाई भेन्यु, भेन्युको एनलाइन र  क्रेटा इलेक्ट्रीककाे अपडेटेड भर्सन वा नयाँ भेरियन्ट रहने सम्भावना छ ।

त्यस्तै, लक्ष्मी ग्रुपले नाइमामै ३ नयाँ ब्राण्ड पनि लन्च गर्दैछ । कम्पनीले चिनियाँ ब्राण्ड बीएआइसी, जेटोर र आर्कफक्स नाइमामार्फत नेपाल प्रवेश गराउँदै छ ।


Back_to_top