आक्रमक बाइक उत्पादनमा हिरो, २०१९ मा आउँदै यी ५ नयाँ मोडल

हिरोमोटो कर्पले २०१८ मा टु–ह्वीलर सेग्मेन्ट अन्र्तगत स्प्लेन्डर र प्यासेन रेन्जका मोडल बजारमा ल्यायो । कम्पनीले बजारमा ल्याएको  एक्सस्ट्रीम–२००–आर मोटरसाइकल र डेस्टीनी–१२५ प्रिमियम स्कुटरले निक्कै चर्चा कमाए ।

समग्रमा सुखद ढंगबाट २०१८ लाई बिदाई गर्दै कम्पनीले २०१९को लागि नयाँ योजना बाहिर ल्याएको छ । हिरोले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको केही नयाँ मोडल यस्ता छन् । 

हिरो एक्सपल्स–२००

हिरो मोटोकर्पले २ सय सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल एक्सपल्स–२०० ल्याउने भएको छ । २०१८ को अटो एक्स्पोमा सार्वजनिक गरिएको मोटरसाइकल २०१९ मा सार्वजनिक हुने छ । 

यो हिरोको सस्तो एड्भेन्चर मोटरसाइकल हुनेछ । हिरो एक्सट्रीम–२०० आरमा प्रयोग गरिएकै इन्जिन एक्सपल्स–२०० मा दिइएको छ । यसमा उपलब्ध १९९.४ सिसि सिगंल एसओएचसि एयर कुल्ड टु भल्भ  इन्जिनले १८ बीएचपी र १७ एनएम–टर्क दिन्छ । 

फाइभ–स्पीड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता हिरो एक्सपल्स–२०० मा हुनेछ । यसकोे इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स ल्याउने भएको छ । 

हिरो एक्सप्लस–२०० टी

हिरोले बजारमा ल्याउने अर्को मोडल हिरो एक्सप्लस–२०० टी टुरर भर्सन हो । कम्पनी यो बाइकलाई आगामी मार्चमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

यसमा १७ इन्च अलोय ह्वीलको साथै,  २१ वाई १८ इन्चको वायर स्पोक ह्वील, नोबी टायर लगाइने छ । यसमा उपलब्ध १९९.४ सिसि एयर कुल्ड २ भल्भ इन्जिनले १८.१ बिएचपी पावरका साथै १७.१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पिड ट्रान्समिसन दिइने छ । 

 हिरो मजेस्ट्रो एज १२५ 

कम्पनीले आगामी वर्षको अप्रिल महिनामा प्रिमियम स्कुटर हिरो मजेस्ट्रो एज–१२५ सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा आइथ्रीएस प्रविधिको साथै, इन्जिन स्टार्ट अफ सिस्टम, ब्रेकिंग सिस्टम, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अप्शनल फ्रन्ट डिस्क ब्रेक, रिमोट कन्ट्रोल ओपनिंगलगायतका विशेषता दिइएको छ । 

यसको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्च अलोय ह्वील दिइने जनाइएको छ ।  यसमा उपलब्ध–१२५ सीसी इनर्जी बुस्ट इन्जिनले ६ हजार ७ सय ५० आरपीएमा ८.७ बिएचपी पावरका साथै , ५ हजार आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ । 

हिरो करिज्मा 

२००  सीसी प्लाटफर्ममा आधारित हिरो करिज्मापनि आगामी वर्ष बजारमा आउने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि सोही सेग्मेन्टमा आधारित एक्सस्ट्रीम २०० आर बजारमा ल्याइसकेको छ भने,  र एक्सप्लस २०० र एक्सप्लस २०० टि प्रदर्शन गरिसकेको छ । यो मोडलमा उपलब्ध १९९.६ सिसि सिंगल सिलिन्डर टु भल्भ इन्जिनले १८.१ बिएचपी पावरका साथै, १७.१ एनएम टर्क उत्पादन गर्छ । 

यसको इन्जिनमा ५ स्पिड ट्रान्समिसन  दिइएकोछ । यसमा नेकेड मोटरसाइकलको जस्तै, चेसिस, सस्पेन्सन  दिइने छ ।  यस मोडलले बजाज पल्सर आरएस २००, सुजुकी जिक्सर एसएसफ, यमाहा फेजर २५, यमाहा आर १५ भि ३.० लगायतका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने कम्पनीको अनुमान रहेको छ । 

हिरो एक्सएफ थ्रि आर

हिरो मोटोकर्पले ३०० सीसी सेग्मेन्टमा एक्सएफ थ्री आर मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा उपलब्ध ३०० सीसी लिक्विड कुल्ड फ्युल इन्जेक्टेड फोर भल्भ इन्जिन मोटरले २५ बीएचपी पावर उत्पादन गर्ने अनुमान गरिएको छ । 

यसमा युएसडी फ्रन्ट फर्क, एलइडी हेडलाइट एन्ड टेललाइट, डबल च्यानल एबीएस र डिजिटल स्पिडडोमिटर लगायतका विशेषता रहने छ । यसमा उपलब्ध ३०० सीसी लिक्विड कुल्ड फ्युल इन्जेक्टेड फोर भल्भ मोटरले उत्कृष्ट आउट पुट दिने कम्पनीले जनाएको छ । 


Back_to_top