हरेक वर्ष मानिसले नयाँ नयाँ खोज र अनुसन्धानमा उल्लेखनीय उपलब्धी हासिल गरिरहेका हुन्छन् । त्यसबाट २०१८ अछुतो रहन सक्दैन । आज २०१८ को अन्तिम दिन हामीले अटोमोवाइल क्षेत्रमा भएका विविध विकास मध्य उत्कृष्ट ४ तस्विरलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छौ ।
यस वर्ष अटो क्षेत्रमा थुप्रै नयाँ खोज प्राप्ती भएका छन् । त्यसले भोलिका दिनमा अटो क्षेत्रमा अझै नयाँ खोजलाई कायम राख्ने प्रयास हुनेछ ।
१. प्यान्टोम अटोले खोज गरेको रिमोर्ट कन्ट्रोल सिस्टम सन् २०१८मा चर्चित बनेको अर्को नयाँ इनोभेसन हो । यसको परिक्षण गतवर्ष जनवरीमा अमेरिकी राज्य लसभेगासमा भएको थियो ।

२. भोल्भोले आफ्नो ३६० सी कन्सेप्ट कार २०१८ मा स्विडेनमा सार्वजनिक गरेको थियो । यसलाई मानिसले विविध प्रयोगमा ल्याउन किसिमको थियो । यसमा आरामले सुतेर यात्रा गर्न सकिने किसिमले डिजाईन गरिएको यो कार निकै स्टाइलीस रहेको थियो ।

३. फोर्ड मोटरले खरिद गरेको नयाँ र नयाँ रेनोभेट गरेको अटोनोमन र इलेक्ट्रीक कार निर्माण गर्ने फ्याक्ट्री २०१८ मा सर्वाधिक चर्चित बनेको थियो । यस फ्याक्ट्रीबाट आगामी दिनमा नयाँ इनोभेसनकासाथ आर्कषक गाडी उत्पादन हुने अनुमान गरिएको छ ।

४. अमेरिकी मोबिलिटी सर्भिसले अनुमति दिएपछि खुल्ला भएको २.५ माइल लामो लुप हाईवेसमेत २०१८ को उत्कृष्ट खोजमा पर्न सफल भएको छ ।


