२०७६ बैशाख एक गतेबाट उपत्यकामा ३०० इलेक्ट्रीक बस संचालन हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने जानकारी दिएका छन् । 

प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रबिधि समितिको बैठक मन्त्री महासेठले उक्त जानकारी दिएका हुन् ।

गतहप्ता मन्त्री परिषदको बैठकले ३०० बिद्युतीय बस किन्ने निर्णय गरेको थियो । सोही बसहरु २०७६ साल बैशाख १ बाट उपत्यकामा संचालन हुने मन्त्री महासेठले बताएका हुन् । 

समिति बैठकमा मन्त्री महासेठले सडक दुर्घटना अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाएको र एक महिनापछि प्रतिवेदन आउने समेत जानकारी दिए । 

समिति बैठकमा विद्युतीय सवारी साधनको सञ्चालन, चार्जिङ स्टेशन, सवारी दुर्घटना जस्ता बिषयमा छलफल भएको थियो । 

सरकारले शक्तिशाली यातायात प्राधिकरण बनाएर प्राधिकरण मार्फत ३०० वटा इलेक्ट्रीक बस सञ्चालन गर्ने निर्णय गरेको थियो ।


Back_to_top