यी हुन् २०१८ का १० उत्कृष्ट कन्सेप्ट कार, कुन–कुन ब्रान्ड परे

आज २०१८ बिदा हुने क्रममा रहेको छ । २०१९ को स्वागतसँगै २०१८ मा भएका केही मन लोभ्याउने गाडीको बिषयमा हामी तपाईलाई जानकारी दिदैछौं । 

२०१८ मा धेरै जसो कम्पनीहरुले इलेक्ट्रीक कारको कन्सेप्टलाई बाहिर ल्याएका छन् । विश्व बजारमा इलेक्ट्रीक कारको माग र चर्चा चुलिएसँगै बिभिन्न अटो उत्पादक कम्पनीले इलेक्ट्रीक कार उत्पादनमा आफुलाई केन्द्रित गरेका हुन् । यस्ता छन् २०१८ का १० उत्कृष्ट कन्सेप्ट कारहरु ।

१०. टोयोटा जीआर सुपर स्पोर्ट


टोयोटाले सार्वजनिक गरेको हाईपर कार जीआर सुपर स्पोर्ट कन्सेप्ट कार यो बर्षको उत्कृष्ट १० कार भित्र पर्न सफल भएको छ । २.४ लिटर टुइन टर्बो चार्ज्ड भी ६ इन्जिन दिइएको यो अल ह्वील ड्राइभ हाइब्रिड कारले १००० बीएचपी पावर उत्पादन गर्छ ।

९. फक्सवागेन अल्टास ट्यानोक 


नर्थ अमेरिकामा फक्सवागेनले सार्वजनिक गरेको अल्टास ट्यानोक कन्सेप्ट कार यो वर्षको उत्कृष्ट मध्यमा पर्छ । इलेक्ट्रीक पीकअप निर्माणमा यो कन्सेप्टले फक्सवागेनलाई नयाँ दिशा दिने अनुमान गरिएको छ । 

८. अडी इ–ट्रोन जीटी 


अडीले आगामी दिनमा उत्पादन गर्ने घोषणा गरेको इलेक्ट्रीक सेडान कार इ–ट्रोन जीटीको कन्सेप्ट निकै चर्चामा रहेको छ । कम्पनील निर्माण गर्ने पावरफुल इलेक्ट्रीक कार दाबी गरिएको यसले ५९० बीएचपी पावर जेनेरेट गर्ने छ । 

७. फक्सवागेन आईडी भिजन


फक्सवागेनले उत्पादन गर्ने सस्तो इलेक्ट्रीक कार मध्यमा पर्ने यो कन्सेप्ट कार सेडान हो । हरेक मानिसले इलेक्ट्रीक कार किन्न सकुन भनेर कम्पनीले बनाएको यो इलेक्ट्रीक कन्सेप्ट कारको चर्चा निकै धेरै भइरहेको छ । डिजेल स्क्यान्डलमा फसेको फक्सवागेनको लागि यो इलेक्ट्रीक कार संजिवनी बनेर आएको छ । जसले वर्षैभरी चर्चा पाईरह्यो । 

६. हुन्डाई ‘ले फिल इन रग’ 


हुन्डाई मोटरले जेनेभा मोटर शोमा सार्वजनिक गरेको ‘ले फिल इन रग’ कन्सेप्ट कारले यो वर्ष खुबै चर्चा कमाएको थियो । स्टाइलीस सेडान कन्सेप्ट कारले भविष्यमा हुन्डाई मोटर्सलाई नयाँ दिशा दिने अनुमान गरिएको छ । 

५. अडी पीबी१८ इ–ट्रोन


निकै स्टाइलिस डिजाइनमा तयार पारेको अडीको नयाँ कन्सेप्ट इलेक्ट्रीक ह्याचब्याक उत्कृष्ट मध्यको एक कन्सेप्ट कार बन्न सफल भयो । मोटर स्पोर्टबाट इन्स्पायर भएर बनाइएको यो कन्सेप्ट कारलाई कम्पनीले उत्पादनको पाइपलाइनमा भने राखेको छैन । 

४. जेनिसस इसेन्स्टा


हुन्डाई मोर्टसको लग्जरी ब्रान्ड जेनिससले इसेन्स्टा कन्सेप्ट कारलाई २०१८ मा सार्वजनिक गरेको हो । यसलाई कम्पनीले उत्पादनमा समेत लगिसकेको जनाएको छ । कम्पनीले यसलाई इलेक्ट्रीक भर्सनमा उत्पादन गर्ने जनाएको छ ।

३. मिसन इ–क्रस टुरिज्मो


मिसन इ–क्रस टुरिज्मो इलेक्ट्रीक कन्सेप्ट कार हो । पाेर्स्चकाे यो नयाँ कन्सेप्ट कार २०२० बाट विश्व बजारमा प्रबेश गर्ने अनुमान गरिएको छ । उक्त कारले टेस्लाको मोडल एक्स र ज्यागवार आई पीससँग प्रतिस्पर्धा गर्नेछ । 

२. प्यूजो इ–लिजेन्ट


फ्रेन्च अटो मेकर प्यूजोले ल्याएको इ–लिजेन्ट इलेक्ट्रीक कार उत्कृष्ट कन्सेप्टमा परेको छ । प्यूजो ५०४ बाट प्रेरित यो कन्सेप्ट कारलाई कम्पनीले उत्पादन सुरु गरिसकेको जनाएको छ । 

१.भोल्भो ३६० सी


भोल्भोले आफ्नो ३६० सी कन्सेप्ट कार २०१८ मा स्विडेनमा सार्वजनिक गरेको थियो । यसलाई मानिसले विविध प्रयोगमा ल्याउन सकिने किसिमले बनाइएको छ । यसमा आरामले सुतेर यात्रा गर्न सकिने ब्याबीनको ब्यवस्था गरिएको छ । यो यस वर्षको उत्कृष्ट कन्सेप्ट कारको पहिलो नम्बरमा परेको छ ।


Back_to_top