‘एक्सपल्स २०० फोरभी प्रो’को बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । हिरो एक्सपल्स २०० फोर भी प्रोको नेपाली बजारमा बिक्री सुरू भएको छ । हिराले नाडा अटो शो २०२४ मा हिरो एक्सपल्स २०० फोर भी प्रो प्रदर्शन गरेर बुकिङ लिन सुरू गरेको थियो ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो एक्सपल्स प्रोको मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

नाडा अटो शोमा धेरैनै रुचाइएको मोटरसाइकल एक्सपल्स २०० फोरभी प्रो रेगुलर फोर भीको तुलनामा ग्राफिक्सका साथै अन्य फिचरहरू थप भएर आएको हो । रेगुलर मोडल एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

सीजी मोटर्सले नेपालमा हिरोको आधिकारिक डिलरशिप लिएसँगै एक्सपल्स २०० फोरभीमा प्रो मोडलको फिचर थप गरेर सार्वजनिक गरेको थियो । योसँगै प्रो मोडलमा ग्राफिकका साथै सामान्य परिर्वतनका गरिएको छ । प्रो मोडलमा लामो ट्राभल सस्पेन्स, ज्यादा ग्राउन्ड क्लियरेन्सका साथै ह्यान्डलबार रेजरसमेत उपलब्ध छ ।

एक्सपल्स २०० फोर भी प्रोमा बीएस ६ फेज टू इन्जिन प्रयोग भएको छ भने यसले फोर भी रेगुलर मोडलको तुलनामा यसको पावरमा केही वृद्धि भएको छ ।

यसमा १९९.६ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ८५०० आरपीएममा १८.९ हर्ष पावरका साथै ६५०० आरपीएममा १७.३५ हर्षपावर जेनेरेट गर्छ ।


Back_to_top