दशैंमा ५२ यूनिट पेट्रोल कार बेचेको सिप्रदीले कति बेच्यो ईभी ?

काठमाडौं । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ५२ यूनिट पेट्रोल कार बिक्री गरेको जनाएको छ । दशैंमा भएको बिक्री तथ्यांक सार्वजनिक गर्दै कम्पनीले कुल ७५१ यूनिट गाडी दशैंमा बिक्री गरेको जनाएको हो ।

नाडा अटो शो २०२४ मा ४७५ यूनिट बुकिङ्ग लिएको पन्च ईभी दशैंमा ३७७ युनिट डेलिभरी भएको कम्पनीको दावी छ । शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको टाटा पन्च ईभीको बिक्री सोचेभन्दा राम्रो भएको सिप्रदीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।

समग्रमा ५२ यूनिट पेट्रोल कार बिक्री गरेको कम्पनीले ६९९ यूनिट विद्युतीय कार बिक्री गरेको जनाएको छ । जसमा पन्च ईभी ३७७, टियागो ईभी १५६, टिगोर ईभी १० र एक्सप्रेस-टी १५६ यूनिट बिक्री भएको कम्पनीले जनाएको छ ।


Back_to_top