भारतीय कम्पनी बजाजको पल्सर–२२० को क्रेज निकै राम्रो रहेको छ । पफर्मेन्स मन पराउने युवालाई केन्द्रमा राखेर उत्पादन गरिएको इन्ट्री लेवलको पफर्मेन्स बाइकलाई कम्पनीले पूर्ण नयाँ डिजाइनमा ल्याउन लागेको छ । नयाँ माेडल पल्सर–२२० एफ २०१९ मा नै सावर्जिनक गर्ने तयारी कम्पनीले गरिरहेकाे छ ।
उत्कृष्ट हेडलाइट, शक्तिशाली इन्जिन र कम मूल्य पल्सर–२२० एफको मुख्य विशेषता हो । पल्सर–२२० मा कम्पनीले सुरुदेखि अहिलेसम्म कुनै महत्वपूर्ण परिवर्तन गरेको छैन । कम्पनीले सुरक्षा र प्रदूषण मापदण्डलाई आधार बनाएर पल्सर–२२० एफ ल्याउन लागेकाे हाे ।
२०१९ बजाज पल्सर–२२० एफमा सबैभन्दा महत्वपूर्ण विशेषता एबीएस हुने कम्पनीले जनाएको छ । सिङ्गल च्यानल एबीएससहित भारतीय प्रदूषण मापदन्ड बीएस–६ अनुसारको नयाँ इन्जिनमा आउनेछ ।
अहिले पल्सर–२२० को उच्चतम पावर २१ पीएस र उच्चतम टर्क १८.५ एनएम रहेको छ जुनपछि नयाँ इन्जिनमा बढ्ने अनुमान गरिएको छ ।
मोटरसाइलमा ड्यूल डिक्स सेटअप, सेमि–डिजिटल कन्सोल, ब्याकलिड स्वीच गियर, स्पिल्ट सिट र प्रोजेक्टर हेडलाइटजस्ता फिचरहरू रहेको छ ।


