बेनेलीले नेपाल ल्यायो सस्तो बाइक ‘टीएनटी-१५’, यस्तो छ मूल्य

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको सबैभन्दा सस्तो बाइक टीएनटी-१५० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा  सार्वजनिक गर्ने जनाएको छ । 

इटालीयन चर्चित बाइक बेनेली टीएनटी-१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन् । यसको आधिकारीक बिक्री यही जनवरीमा गर्ने केटीएम इन्टरनेशनलले जानकारी दिएको छ ।  

मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । 

नेपाली बजारमा टीएनटी-१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ । 

बेनेली टीएनटी-१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५-स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ । 

यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । 

साथै, कम्पनीले टीएनटी-१५० आईपनि सार्वजनिक गर्न लागेको छ । यी दुबै बाइकलाई एकै दिन सार्वजनिक गर्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


Back_to_top