काठमाडौं । विद्युतीय कारमा आगलागी भएको छ । सितापाइलामा रहेको सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरिएको गाडीमा आगलागी भएको हो ।
प्रहरी स्रोतले सट सर्किट भएर आगलागी भएको बताएको छ । कम्पनी स्रोतले पनि गाडीमा सट सर्किट भएर आगलागी भएको जानकारी दियो ।
‘गाडीबाट ठूलो परिमाणमा धुवाँ निस्केपनि आगो नै भने लागेको होइन । अहिले धुवाँ नियन्त्रणमा आएको छ । अहिले कम्पनीका टेक्नीकल टीम र चिनियाँ टीम बीच यसमा पुगेको क्षती र समस्याका विषयमा छलफल भइरहेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
आगलागी भएको गाडी बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको हो । यसमा भएको समस्याका विषयमा चाँडै कम्पनीले आफ्नो आधिकारीक धारणा बाहिर ल्याउने तयारी गरिरहेको जनाएको छ ।

