काठमाडौं । चांगानको सहायक ब्राण्ड दीपलले एस-०५ निकै कम मूल्यमा सार्वजनिक गरेको छ । कम्पनीले हिजो अक्टोबर २० तारिखमा सार्वजनिक गरेको एस-०५को इलेक्ट्रीक भर्सन १६ हजार ९०० डलर सुरुवाती मूल्यसहित बिक्री सुरु भएको हो ।
चीनमा विभिन्न ४ भेरियन्टमा बिक्री सुरु भएको एस-०५ एसयूभी प्रो, प्लस, म्याक्स र अल्ट्रा भेरियन्टमा उपलब्ध भएको छ । कम्पनीले प्लस भेरियन्टको मूल्य १७ हजार ७०० डलर, म्याक्स भेरियन्टको १९ हजार १०० र अल्ट्रा भेरियन्टको मूल्य २० हजार ५०० डलर तोकेर बिक्री सुरु गरेको हो ।
दीपलले आफ्नो ३ लाख यूनिट कार बिक्री पुरा गरेको अवसर पारेर बिक्री सुरु भएको एस-०५ निकै ठूलो एसयूभी हो । साइज, फिचर, ब्याट्री र मोटरका आधारमा एस-०५ को मूल्य उत्कृष्ट छ ।
एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपालमा बिक्री वितरण गर्दै आएको दीपल ब्राण्डको नयाँ एस-०५ एसयूभी चाँडै नेपाल ल्याउने छ । कम्पनी स्रोतका अनुसार २०२५ को सुरुवातमा नै एस-०५ नेपाल ल्याउने तयारी भइरहेको छ ।

साइजमा पनि निकै आकर्षक एस-०५ एसयूभीको लम्बाई ४६२० एमएम, चौडाई १९०० र उचाई १६०० एमएम रहेको छ । यसको ह्वीलवेस पनि २८८० एमएम छ ।
हाइ-डेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।
स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ ।
क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ । दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वर्ल्डमा यसको रेन्ज ४०० किलोमिटर आसपार रहने अनुमान गर्न सकिन्छ ।
दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो ।

