काठमाडौं । हिरो मोटोकर्पले करिज्मा २५० ल्याउने भएको छ । हालैमात्र इन्टरनेटमा सार्वजनिक एक दस्तावेजका अनुुसार हिरो करिज्मा २५० ल्याउने तयारीमा हिरो मोटोकर्प रहेको खुलेको हो ।
कम्पनीले हिरो करिज्मा २५० को पेटेन्ट दर्ताका गराएसँगै नयाँ मोटरसाइकल आउने चर्चा सुरू भएको हो ।
हिरोले गत वर्ष करिज्मा २१० ल्याएको थियो । कम्पनीले करिज्मा २१० को तुलनामा अझै एरोडाइनामिक डिजाइनमा फुल फियर्ड २५० सीसी करिज्मा ल्याउने तयारी थालेको हो ।
सार्वजनिक भएको पेटेन्ट हेर्दा करिज्मा २५०को पेट्रोल ट्याङ्क अझै एग्रेशिभ देखिएको छ । सन् २०२३ मा सम्पन्न इआईसीएमए अटो शोमा हिराले देखिएको हिरो ‘२.५ आर एक्सटन्ट कन्सेप्ट’मा जस्तै देखिने फ्युल ट्याङ्क करिज्मा २५० मा देख्न सकिन्छ ।
करिज्मा २१० को तुलनामा करिज्मा २५० मा नयाँ फियरिङ देख्न सकिन्छ । यसको फ्रन्टमा नयाँ विङ्गलेटको प्रयोग गरिएको छ भने अझै एरोडाइनामिक डिजाइन देख्न सकिन्छ ।
नयाँ करिज्मा २५० मा यूएसडी फर्क हुनेछ । यसको फ्रेम भने २१० बाट नै लिने अनुमान गरिएको छ । यसमा प्रयोग हुने २५० सीसी इन्जिनले ३० हर्षपावरका साथै २५ एनएम टर्क जेनेरेट गर्नेछ ।


