काठमाडौं । टीभीएसले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार टीभीएसको नयाँ भेरियन्ट रेडर आइगो सार्वजनिक गरेको हो ।
उक्त बाइक सार्वजनिक भएसँगै टीभीएसको रेडर १२५ अब ६ वटा भेरियन्टमा उपलब्ध भएको छ । जसमा ड्रम, सिंगलसिट, स्प्लिट सिट, आइगो, एसएसई र एसएक्स रहेको छ ।
आइगो भेरियन्टमा १२४.८ सीसी एयर र आयल कुल्ड थ्री भी इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.३८ पीएस र ६००० आरपीएममा ११.२ एनएम र्टक जनरेट गर्दछ ।
साथै, कम्पनीले यसमा ‘बुस्ट मोड’ दिएको छ । जसले बाइकमा ०.५५ एनएम टर्क बढाउन मद्दत गर्छ भने ५.८ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टको गतिमा गुड्न सक्छ ।
कम्पनीले यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस एसिस्ट, टर्न बाइ टर्न नेभिगेसन, कल ह्यानडेलिङ र नोटिफिकेसन म्यानेजमेन्ट जस्ता फिचर समावेश गरेको छ ।
कम्पनीले यसको मूल्य ९८ हजार ३८९ भारतीय रुपैयाँ तोकेको छ ।

