टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्न थ्रीएक्सओ ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राले सब कम्प्याक्ट एसयूभी साइजको एक्सयूभी थ्रीएक्सओ ईभी पावरट्रेनमा ल्याउने भएको छ । आगामी वर्षको सुरूआतबाट बिक्री सुरू हुने अनुमान गरिएको यो ईभीले टाटा नेक्सन ईभीको सिधा प्रतिपर्धा गर्नेछ ।

भारतको विभिन्न सहरहरूमा खिचिएको स्पाई इमेजहरूको अनुसार थ्रीएक्सओ ईभी नयाँ डिजाइन ल्याङवेजमा आधारित छ । यो ईभी फिचरप्याक ईभी हुनेछ । यसमा रुफमा कपर कन्ट्रास भएको रुफ रहेको देखिन्छ ।

त्यस्तै, गियर सेलेक्टर तथा सेन्टर कन्सोलमा पनि कपर कन्ट्रास्ट रहेको छ । थ्रीएक्सओ मा ठूलो साइजको सी सेपको एलईडी डीआरएल तथा कनेक्टेड टेललाइट रहेको देखिन्छ ।

नयाँ ईभीमा सप्टटच ड्यासबोर्ड तथा डोरप्याड, भेन्टीलेटेड फ्रन्टसिट, एलईडी इन्टेरियर लाइट्स, वायरलेस चार्जर, १०.२ इन्चको फ्रिस्ट्याण्डिङ इन्फोटेन्मेन्ट स्क्रीन, १०.२ इन्चकै इन्टुमेन्ट स्क्रीन, क्यामरा बेसको लेबल २ एडास, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ, रियर एसी भेन्ट्स आदि जस्ता फिचर रहेको छ ।

महिन्द्राको एक्सयूभी थ्रीएक्सओ ईभीमा अहिलेको एक्सयूभी ४०० को जस्ते ३४.५ किलोवाट आवर वा ३९.४ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहनेछ । यसले एकपटकको फुल चार्जमा ४५६ किलोमिटर सम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

तर, महिन्द्रा एक्सयूभी थ्रीएक्सओको प्रतिपर्धी मोडल टाटा नेक्सन ईभीमा ४५ किलोवाट आवरको ब्याट्रीप्याक रहेकाले यसमा पनि नयाँ साइजको ब्याट्री अप्सन आउने सम्भावना रहेको छ ।


Back_to_top