रिमोटबाटै पार्किङ गर्न मिल्ने माज्दाको ईजेड-६  ईभी, यस्ता छन् अरू फिचर्स

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी माज्दाले शनिबार चीनमा नयाँ ईभी अनभिल गरेको छ । कम्पनीले चिनियाँ अटोमोबाइल कम्पनी चांगानको ईपीए हाइब्र्रिड प्ल्याटफर्ममा बनेको ईजेड-६ ईभी लन्च गरेको हो ।

यो ईभी ब्याट्री इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर भर्सनमा उपलब्ध रहेको छ । ईजेड-६ ईभी माज्दाको कोदो डिजाइन ल्याङ्वेजमा आधारीत रहेको छ । यसमा स्प्लीट हेडलाइट, एलईडी डेटाइम रनिङ लाइट र माज्दाको इलुमीनेटेड लोगो रहेको छ ।

यसको साइडबाट हेर्दा फास्टब्याक डिजाइन तथा डकटेल जस्तो देखिने स्पोइलर रहेको देखिन्छ । ईजेड-६ ईभीको लम्बाइ ४९२१ एमएम, चौडाइ १८९० एमएम, उचाइ १४८५ एमएम रहेको छ । यो ईभीको ह्वीलबेस २८९५ एमएम रहेको छ ।

यसको ड्यासबोर्डमा १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्टुमेन्ट क्लस्टरको साथै ५० इन्चको एआर हेडअप डिस्प्ले समेत रहेको छ । ईजेड ६ मा क्वालकमको स्न्याप ड्रागल ८१५५ चिपको प्रयोग भएको छ । यसले क्लाइमेट, सिट एड्जस्टमेन्ट तथा इन्टरटेन्मेन्ट फङ्सनलाई समायोजन गर्नेछ । यो ईभीको अन्य फिचरको रुपमा १३ एम्बियन्ट स्क्रीन मोड, ६४ कलरको लाइटिङ सिस्टम, सोनीको १४ वटा स्पीकर सहितको अडियो सिस्टम,प्यानारोमिक स्काई रुफ आदि फिचर रहेको छ ।

मान्दाको यो ईभीमा १९० किलोवाटको रियरह्वील ड्राइभ मोटर तथा ५६.१ तथा ६८.८ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहेको छ । यसमा प्रयोग भएका एलएफपी ब्याट्रीलाई मात्र १५ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यो ईभीमा एल २.५ ड्राइभर असिस्ट सिस्टम सहितको अडाप्टिभ क्रुज कन्ट्रोल, १५० थरिको पार्किङ सिनारियो सहितको रिमोट पार्किङ सिस्टम रहेको छ । आगामी वर्षबाट बिक्री सुरू हुने ईजेड-६ को सुरूआती मूल्य २० हजार डलर भन्दा हुने अनुमान गरिएको छ ।


Back_to_top