मारुती सुजुकीले हुन्डाई सेन्ट्रोसँग कडा प्रतिस्पर्धा गर्न आफ्नो चर्चित मोडल वागेनआरको अल न्यू मोडल जनवरी २३ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यसलाई मारुती सुजुकीले २०१९ को पहिलो गाडीको रुपमा बजारमा उतार्न लागेको छ । यस्तोमा भारतीय बजारमा करिब ५४ प्रतिशत बजार हिस्सा ओगटेको मारुती सुजुकीको चर्चा हुनु स्वभाबिक हो ।
आज भारतीय मिडियामा नयाँ वागेनआरको एक्स्टेरियर र इन्टेरिएरका तस्विरहरु सार्वजनिक भएका छन् । जापानमा बिक्री हुने वागेनार जस्तै आउने अनुमान गरिएको उक्त गाडी विल्कुलै भिन्नरुपमा आएको अटोकार इन्डियाले उल्लेख गरेको छ ।
पुरानो मोडल र जापानमा बिक्री हुने मोडलको तुलनमा नयाँ वागेनआरको एक्स्टेरियर बिल्कुलै भिन्न रहेको छ । पुरानोको तुलनामा यसको अगाडिको ग्रिल फरक बनाईएको छ । कारमा प्रयोग भएको हेडल्याम्प पहिलेको तुलनामा ठूलो रहेको छ भने फग लाईटको पनि परिर्माजन गरिएको छ ।
सार्वजनिक भएको तस्विरमा नयाँ कारमा अलोय ह्वील दिइएको छैन । कम्पनीले गाडीको पछाडिको भागलाई आर्कषक बनाउन कुनै कसर बाँकी राखेको छैन । टेल लाईट भोल्भो एसयूभीको जस्तै प्रयोग गरेको छ ।
यसको ड्यासबोर्डमा केही कस्मेटिक परिर्वतन गरिएको छ । नयाँ गाडीमा इफोटेन्टमेन्ट सिस्टम दिइएको छ । साथै रिभाइर्ज्ड इन्स्ट्रुमेन्टल क्लस्टरले कारलाई केही रिचनेस प्रदान गरेको छ ।
कम्पनीले यसमा फोर सिन्डर इन्जिनको प्रयोग गरेको छ । यसमा दिइएको १.२ लिटर के–१२ इन्जिनले ८३ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसअघि दिएको १.० लिटर इन्जिनले ६८ एचपी पावर र ९० एनएम टर्क प्रदान गर्थ्यो ।
टलव्वय डिजाइनमा निर्माण भएको यो कार अब झनै अग्लो देखिएको छ । साथै, इन्जिनमा अपग्रेडसँगै यसको मूल्यपनि केही बढ्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा बाक्लै उपस्थिति रहेको वागेनारको नयाँ मोडल पनि आउने छ । त्यसको लागि केही समय भने कुर्नुपर्ने हुन्छ ।

