टोयोटाले आफ्नो एभेन्जालाई अल न्यू मोडलको रुपमा अन्तर्राष्ट्रिय बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले २०१९ मा पूर्वी एसियाली बजारमा बिक्री गर्दै आएको टोयोटा एभेन्जालाई नयाँ स्वरुपमा बजारमा ल्याउने तयारी गरेको हो ।
नेपाली बजारमा पनि २०१२ देखि २०१६ सम्म बिक्री वितरण भएको एभेन्जा पछिल्लो समय बिक्री बन्द भएको थियो । अब कम्पनीले २०१९ मा नयाँ एभेन्जा ल्याउने भएपछि संभवत नेपाली बजारमा पनि यसले प्रबेश गर्नेछ ।
यस्तो हुनेछ नयाँ एभेन्जा
टोयोटाले आफ्नो भोक्सीमा दिइएको स्प्लीट हेडल्याम्प अल न्यू एभेन्जामा दिइएको छ । निकै ठूलो र आर्कषक ग्रिलका साथ आउने नयाँ एभेन्जामा नयाँ फगल्याम्प हाउजिङ लगाइएको छ । पछाडिको भागमा स्पोर्टी बम्पर दिइएको छ भने, नयाँ रुफ स्पोईलर, रिभाइर्ज्ड एल–सेप टेल ल्याम्प दिइएको छ । यी परिर्वतनले नयाँ एभेन्जा निकै आर्कषक बनेको छ ।
टोयोटाको ल्याबिस लुक्स नयाँ एभेन्जामा पाउन सकिन्छ । त्यसकालागि कम्पनीले नयाँ डिजाइन गरिएको सेन्टर कन्सोलको प्रयोग गरेको छ भने, गाडीलाई आरामदायी बनाउन कुनै कसर बाँकी राखेको छैन ।
स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, अटोमेटिक क्लाईमेट कन्ट्रोल, किलेस इन्ट्री, इन्जिन स्टार्ट–स्टप बटम जस्ता फिचर नयाँ एभेन्जामा पाउन सकिन्छ । सुरक्षको लागि एयरव्याग, एबीएस, इबीडीजस्ता फिचर दिइएको छ ।
अल न्यू एभेन्जा दुई इन्जिन अप्सनमा उपलब्ध हुने छ । जसमा १.३ लिटर डियुल भीभीटी–आई पेट्रोल इन्जिन दिइएको छ । जसले ९६.५ पीएस पावर र १२०.६२ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । साथै १.५ लिटर डियुल भीभीटी–आई पेट्रोल इन्जिनमा समेत यो गाडी उपलब्ध हुनेछ । जसले १०४ पीएस पावर र १३६.३१ एनएम टर्क जेनेरेट गर्छ ।
यी दुबै भेरियन्टमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटीक ट्रान्समिसन दिइएको छ ।
यसलाई कम्पनीले इन्डोनेसियाको प्लान्टमा उत्पादन गरेको हो । जसलाई यहि महिनाबाट इन्डोनेसियाली बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

