बजाजले बेच्छ २ लाखदेखि ६ लाख १० हजार पर्ने मोटरसाइकल (सबैको मूल्यसहित)

काठमाडौं । बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विभिन्न २२ भेरियन्टका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले पल्सर सिरिज, डोमिनार सिरिज, डिस्कभर, एभेन्जर लगायतका सिरिज उपलब्ध गराउँदै आएको छ ।

निरन्तर मोटरसाइकल बजारमा बलियो उपस्थिति जनाउँदै आएको बजाजले प्लाटिना १०० इएस मोडल सबैभन्दा कम मूल्यमा बिक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ छ । कम्पनीको सबैभन्दा महंगो मोडल डोमिनार–४०० हो । यसको मूल्य ६ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर सिरिजको मूल्य २ लाख ६३ हजार ९०० देखि ४ लाख ५७ हजार ९०० रुपैयाँसम्म छ । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले कार्तिक २९ गते प्रकाशन गरेको सम्पूर्ण सदस्यहरुको अधिकतम खुद्रा बिक्री अनुसार बजाजका सबै २२ भेरियन्टको मूल्य यस प्रकार रहेका छन् ।


Back_to_top