काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपाँग्रे निर्माता कम्पनी यात्रीले स्कुटर ल्याउने तयारी सुरू गरेको छ । कम्पनीले अहिलेसम्मकै कम्फर्टेबल (सहज) स्कुटर ल्याउने घोषणा गरेको हो ।
यात्री मोटरसाइकलको आफ्नो फेसबुक पेजमार्फत अहिलेसम्मकै सबैभन्दा सजिलो स्कुटर बनाउने जानकारी दिएको हो ।
कम्पनीले आफ्नो साहजता अनुसारको स्कुटर निर्माणमा सहयोग गर्नका लागि रिर्सच एण्ड डेभलपमेन्ट सेन्टरमा आएर डाटा संकलनको लागि सहयोग गर्न समेत अपिल गरेको छ ।
‘सबैलाई सहज हुने स्कुटर निर्माण गर्ने हाम्रो योजनामा एर्गोनोमिक्स डाटा संकलनको लागि सबै प्रयोगकर्ताहरूले हाम्रो रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा आइदिनुहोस्,’ कम्पनीले भनेको छ ।
कम्पनीले स्कुटर निर्माणमा लिंगभन्दा पनि राइडर एक्स्पेरियन्समा आधारीत रहेको निर्माण गनुपर्ने कम्पनीे बताएको छ ।
कम्पनीले सबै उमेर समूहलाई लक्षित गर्दै छोटा तथा अग्ला राइडहरूका लागि समेत राइडिङ कम्र्फट हुने स्कुटर ल्याउने योजना बारिह ल्याएको हो ।
यात्री मोटरसाइकलले हाल पी १ मोटरसाइकलको व्यवसायिक उत्पादन गर्दै आएको छ । हालै मात्र सिप्रदी ट्रेडिङले यात्री मोटरसाइकलमा लगानी घोषणा गरेको थियो ।

