नयाँ जेनेरेशन बीएमडब्लू आईएक्सथ्री आउने, रेन्ज ८०० किमी

काठमाडौं । जर्मन लग्जरी अटोमोवाइल कम्पनी बीएमडब्लूको आईएक्सथ्री ‘क्लास कन्सेप्ट’ बाहिर आएको छ । कम्पनीले दर्ता गराएको नयाँ आइएक्सथ्रीको पेटेन्ट तस्बिर सार्वजनिक भएको हो ।

‘न्यूयी क्लास एक्स प्लेटफर्म र डिजाइन फिलोसोफि’मा बीएमडब्लू आईएक्सथ्री कम्पनीले विकास गर्न लागेको हो । यो कन्सेप्टसँगै बीएमडब्लूका एसयूभीहरु ईभी र पेट्रोलियम पदार्थबाट चल्ने फरक लुक्समा पाउन सकिनेछ ।

सार्वजनिक भएको तस्विरका अनुसार नयाँ आइएक्सथ्रीमा फरक फ्यूचरीस्टीक फिनसेपको साइड मिररको सट्टामा कन्भेन्सनल मिरर दिएको छ । त्यस्तै, फ्लस माउण्टेड डोर ह्याण्डलको सट्टा ‘पप आउट ह्याण्डल’ रहनेछ ।

यसका अलावा ह्वील, प्यानारोमिक रुफ, थिक पिल्लर, रिसेप बम्पर भने कन्सेप्टसँग मिल्दोजुल्दो छ । बाहिर आएको प्याटेन्ट तस्विरमा यसको इन्टेरियर बारे केही खुलाइएको छैन ।

बीएमडब्लूले नयाँ डिजिटल ककपिट, ट्रापेजोडियल सेन्टर टचस्कृन र पानारोमिक भिजन डिस्प्ले जस्ता फिचर आइएक्सथ्रीमा दिनेछ । ‘न्यूयी क्लास कन्सेप्ट’मा बन्ने हुनाले यसमा ८०० भोल्ट आर्किटेक्चरको प्रयोग भएको छ । यसमा सिंगल र ड्यूल मोटर अप्सन रहनेछ ।

कम्पनीले यसम ब्याट्री पनि फरक दिनेछ । बीएमडब्लुले आफैँले विकास गरेको नेक्स्ट जेनेरेशन ब्याट्री टेक्नोलोजी यसमा हुनेछ । कम्पनीको यो नयाँ ब्याट्रीमा २० प्रतिशत इनर्जी डेन्सीटी बढ्नुका साथै चार्जिङ स्पीड र रेन्ज समेत बढ्ने दावी छ । यसमा रहेको ब्याट्रीले फुल चार्जमा ८०० किलोमिटरसम्म रेन्ज दिनेछ ।


Back_to_top