टोयोटाले देखायो अर्को ईभी कन्सेप्ट कार

काठमाडौं । ईभी रेसमा पडाडि रहेको टोयोटाले बीजेड रेन्जमा नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट डिजाइन देखाएको छ । बीजेड ७ नाम दिएको यो ईभी सेडान मोडल हो ।

टोयोटाले वियोण्ड जिरो नाममा बीजेड ४एक्स एसयूभी र बीजेड३ सेडान यस अघि नै लन्च गरिसकेको छ ।

कम्पनीले देखाएको बीजेड०७ स्लीक कुपे सेपको देखिएको छ । यसको फ्रन्टमा स्लिम एलईडी लाइट तथा वारपार लाइटबार रहेको देखिन्छ ।

यो ईभी टोयोटाले गत वर्ष ग्वान्जाओ अटोशोमा देखाएको कम्फर्ट स्पेश कन्सेप्ट मै रहेको देखिन्छ ।

प्रिमियम इलेक्ट्रीक सेडानहरू साओमी एसयू ७ र बीवाइडी हान तथा लुक्सिड एस७ सँग प्रतिस्पर्धा गर्ने टोयोटा बीजेड७ मा बीवाइडीको ब्लेड ब्याट्री र बीवाइडीकै इलेक्ट्रीक मोटर प्रयोग गर्ने अनुमान गरिएको छ । टोयोटाले बीजेड७ मोडल आगामी वर्ष चीनमा बिक्री सुरू गर्ने जनाएको छ ।


Back_to_top