सस्तो मूल्यको ‘ट्रायम्फ स्क्रयाम्बलर ४००’ आउँदै

काठमाडौं । ट्रायम्फको स्क्रयाम्बलर ४०० एक्सको नयाँ भेरियन्ट आउने भएको छ । कम्पनीले परीक्षण गरिरहेको स्क्रयाम्बल ४०० एक्स कम मूल्यको ट्रायम्फ हुनेछ ।

गत महिना ट्रायम्फले भारतमा स्पीड ४०० को सस्तो भेरियन्ट ‘टी-४’ ल्याएको थियो । अब, स्क्रयाम्बलरको पनि सस्तो मोडल आउन लागेको हो ।

भारतमा ४०० सीसी सेग्मेन्टमा रोयल इनफिल्डले गत हप्ता मात्र स्क्रयाम्बलर ४४० प्रदर्शन गरेको छ । हार्लेले ४४० पनि बिक्री गर्दै आएको छ । बढ्दो ४०० सीसीको मोटरसाइकलको बजारमा ट्रायम्फ थप बलियो बन्ने रणनीति अनुसार सस्तो भेरियन्ट ल्याउन लागेको हो ।

नेपाल तथा भारत जस्तो बजारमा ग्राहकले अर्फोडेवल मूल्यका मोटरसाइकल रुचाउने भएका कारण कम्पनीले स्क्रयाम्बल ४०० एक्सको सस्तो भेरियन्ट ल्याउने तयारी गरेको अनुमान गर्न सकिन्छ ।

परिक्षणको क्रममा देखिएको स्क्रयाम्बलर ४०० एक्समा सिंगल पिस सिट, नयाँ ग्रयाबरेल, नयाँ रियर टेल लाइट र सिम्पल ह्यान्डलबार दिइएको छ । स्क्रयाम्बलर ४०० एक्समा भएको फ्यूल ट्याङ्कको रबर हटाइएको छ ।

स्क्रयाम्बलर ४०० मा दिइएको ह्यान्डलबारबाट ब्रेस प्याडसमेत हटाइएको छ । कम्पनीले नयाँ स्क्रयाम्बलरमा यूएसडी फर्कलाई निरन्तरता दिएको छ । त्यसको गोल्डेन कलर भने हटाएको छ । त्यस्तै, नयाँ स्क्रयाम्बलरमा नकल गार्ड समेत उपलब्ध नहुने भएको छ ।

कम्पनीले यसको इलेक्ट्रोनीक थ्रोटल सिस्टमलाई हटाएर म्यानुअल थ्रोटल दिएको छ । कम्पनीले नयाँ स्पीड ४०० लाई स्पीड टी-४ भने जस्तै नयाँ स्क्रयाम्बलरलाई स्क्रयाम्बलर टी-४ वा एक्स मध्ये कुनै एक नाम दिने अनुमान गर्न सकिन्छ ।

नयाँ स्क्रयाम्बलरको मूल्य रेगुलर स्क्रयाम्बलर ४०० एक्सको मूल्य २५ हजार रुपैयाँले कम हुने अनुमान गर्न सकिन्छ । भारतमा स्क्रयाम्बलर ४०० एक्सको मूल्य (एक्स शोरुम) २ लाख ६५ हजार रुपैयाँ रहेको छ । नेपालमा भने ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।


Back_to_top