मारुती सुजुकीले नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ प्रिमियम–बी एसयूभीलाई सन् २०२० मा भारतीय बजारमा उतार्ने जनाएको छ । कम्पनीकाअनुसार बजारमा यस मोडलले हुन्डाई क्रेटासँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले नयाँ एसयूभीमा बक्सी डिजाइन तथा मस्कुलर लूक्स दिनेछ । कम्पनीले यसलाई बिग–साइज एसयूभीको रुपमा ल्याउन लागेको हो । मारुती सुजुकीका सीईओ तथा म्यानेजिङ्ग डाइरेक्टर केनीची आयूकाले नयाँ एसयूभीलाई कसरी उत्कृष्ट बनाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् ।
कम्पनीले मारुती एस–क्रसको सट्टामा यो नयाँ एसयूभी बजारमा ल्याउनेछ । यसलाई सुजुकी भिटाराको प्लेटफर्ममा निर्माण गरिनेछ । यसको लम्बाई ४.३ मिटर रहने अनुमान गरिएको छ ।
कम्पनीले यसलाई दुई इन्जिन भेरियन्टमा उपलब्ध गराउने आँकलन सुरु भएको छ । जसमा १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन हुन सक्नेछ ।
कम्पनीले प्रिमियम बी–एसयूभीलाई २०२० को अटो एक्स्पोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

