बीवाइडी डल्फिनको फेसलिफ्ट मोडल आउने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले प्रिमियम ह्याचब्याक डल्फिनको फेसलिफ्ट मोडल लन्च गर्ने भएको छ ।

कम्पनीले सन् २०२५ मा लन्च गर्ने फेसलिफ्ट डल्फिनको विवरण चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बाहिर ल्याएको हो ।

नयाँ डल्फिनको बाहिरी आवरणमा सामान्य अपडेट भएको देखिन्छ । नयाँ डल्फिनमा पावरफुल १३० किलोवाटको मोटर हुने जनाइएको छ । यसअघि डल्फिनमा ७० र १५० किलोवाटको मोटर रहेको थियो । फेसलिफ्ट डल्फिनको फ्रन्ट फेसको लोअर साइट एड्जस्ट भएको छ । साइडको बडी लाइन र सेमि हिडन ह्याण्डलमा कुनै परिवर्तन भएको छैन ।

कम्पनीले नयाँ डल्फिनमा प्यानारोमिक सनरुफ, फ्रन्ट राडार, फ्रन्ट क्यामरा, रियर राडार, फ्रन्ट साइड राडार, रियर साइड राडार, साइड मिरर क्यामरा ब्ल्याक रुफ, प्राइभेसी ग्लास तथा नयाँ डिजाइनको रिम जस्ता फिचर थप दिएको छ ।

डल्फिनको साइजमा समेत सामान्य एड्जस्ट भएको छ । यस अघिको मोडलको लम्बाइ ४२९० एमएम रहेकोमा २०२५ मोडल ४१२५ एमएमको हुनेछ । यसको चौइाइ तथा उचाइ भने क्रमशः १७७० र १५७० एमएम समान रहेको छ।

रियरमा एटो३ २०२५ मोडलमा जस्तै विल्ड योर ड्रिमको सट्टामा बीवाइडी मात्र लेखिएको लोगो दिएको छ । त्यस्तै, नयाँ डल्फिनको टेललाइट इन्टेरियर डिजाइन तथा रियरको लोअर सेक्सन अपडेट भएको छ । यो नयाँ कारमा १६ वा १७ इन्चको ह्वील अप्सन रहेको छ ।

डल्फिनमा दुई साइज ४४.९२८ किलोवाट आवर तथा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री अप्सन रहेको छ । यसको रेन्ज ४२० तथा ५२० किलोमिटरसम्म रहेको छ ।

गत नोभेम्बरमा बीवाइडी डल्फिन २१ हजार ७१२ युनिट बिक्री भएको थियो । सन् २०२४ को ११ महिनामा १ लाख ७६ हजार ५६० युनिट डेलिभरी भइसकेको छ ।

 


Back_to_top