काठमाडौं । टीभीएस मोटर्सको ल्याउने भनिएको एड्भेन्चर मोटरसाइकल पहिलो पटक परीक्षणको क्रममा देखिएको छ । टीभीएसले आरटीएक्स ३१० को परीक्षण सुरू गरेको हो ।
केही समय अघि कम्पनीले आरटीएक्स ३१० एड्भेन्चरको पेटेन्ट दर्ता गरेको थियो । हालै गोवामा सम्पन्न मोटोसोलको चौथो संस्करणमा ३०० सीसी नयाँ इन्जिन प्रदर्शन गरेको थियो ।
सार्वजनिक स्पाइ तस्बीरमा सेमि फियर्ड डिजाइनमा देखिएको एड्भेन्चर मोटरसाइकलको फ्रन्टमा टल भाइजर, टीएटी डिस्प्ले, अलोय ह्वील, एलइडी लाइट, एलईडी इन्डिकेटर, स्प्लीट सिट, गोल्डेन कलर यूएसडी फर्क जस्ता फिचर देखिएको छ ।
यो मोटरसाइकलकाे फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको टायर देख्न सकिन्छ । मोटरसाइकलको दुवैतर्फ डिस्क ब्रेक, लगेज र्याक, अपस्वेप्ट ट्वीन एक्जष्ट प्रयोग गरिएको छ ।
अपाचे आरटीएक्स ३१० मा मोटोसोलमा प्रदर्शन गरिएको ३०० सीसी इन्जिन प्रयोग हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ३५.४५ पीएस पावरका साथै २८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लचका साथै ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
आगामी जनवरीमा हुने भारत मोबिलिटी एक्स्पोमा टीभीएस अपाचे आरटीएक्स ३१० एड्भेन्चर मोटरसाइकल प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

