काठमाडौं । टाटा मोटर्सको १२ः१२ एक्सचेन्ज क्याम्प सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले आजदेखि उक्त क्याम्प सुरु गरेको हो ।
शनिबार (३ दिन)सम्म आयोजना हुने यस क्याम्पका ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाका टियागो ईभी र पन्च ईभी लगायतका गाडीहरू साट्न सक्नेछन् ।
यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिल पाउने छन् । साथै, गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।
त्यस्तै, टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन्।
यो अफर टाटा मोटर्सको देशभरका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।

