निसान र होन्डा होलान् मर्ज, थपिएला मित्सुबिसी ?

काठमाडौं । केही समय अघि एउटा समाचार विश्वभर फैलियो, त्यो समाचार थियो के निसान मोटर्स बन्द हुन लागेको हो ? जापानको स्थापित अटोमोवाइल कम्पनीको बारेमा आएको समाचारले धेरैको ध्यान खिच्यो ।

निसानसँग करिब १२ देखि १४ महिना चल्न पुग्ने क्यास रिजर्भमा रहेको रिपोर्टहरुले दावी गरेका थिए । पछिल्लो समय निसानको बिक्री चीन र अमेरिका जस्ता ठूला अटोमोवाइल बजारमा घटिरहेको छ । घट्दो बिक्री र उत्पादनको कारण निसानले अमेरिकी प्लान्टबाट ९ हजार कर्मचारी कटौती गर्ने घोषणा ग¥यो ।

निसानले धेरै वर्ष अगाडिदेखि इलेक्ट्रीक मोडल बिक्री गरिरहेको भएपनि पछिल्लो समयमा धेरै रुचाइएको हाइब्रिड टेक्नलोजीमा पछाडि रहेको छ । चिनियाँ अटोमोवाइल कम्पनीहरुले इलेक्ट्रीक र हाइब्रिडमा आफुलाई तिब्र बिस्तार गर्दा निसान अलमल्लमा परेको देखिन्छ ।

निसानले आफुलाई बजारमा टिकाउन विभिन्न पार्टनरहरुसँग छलफल अगाडि बढाएको छ । जापानको मिडिया निकी फाइनान्सीयल न्यूजपेपर र रोयटर्सका अनुसार निसानले अर्को जापनीज ब्राण्ड होन्डासँग मर्जर नै गर्नेगरी छलफल अगाडि बढाएको छ । यी दुई कम्पनी बीचको मर्जर सफल भए टोयोटा र फक्वागेनपछि तेस्रो ठूलो कम्पनी बन्नेछ ।

यो मर्जरमा अर्को जापनीज ब्राण्ड मित्सुबिसी समेत सहभागी हुने सम्भावना रहेको छ । निसान मोटर्सको मित्सुबिसीमा २४.५ प्रतिशतको हिस्सा रहेको छ ।

निसान र होन्डाकोे साझेदारी भएमा निसान लाइनअपमा हाइब्रिड टेक्नोलोजीका गाडी आउने छन् । साथै, होन्डालाई निसानको ईभी टेक्नोलोजी प्राप्त हुनेछ । दुबै कम्पनीले आर एण्ड डी र प्रोडक्सन कस्ट कन्ट्रोल गर्नेछन् । फलस्वरुप प्रतिस्पर्धी मूल्यमा गाडीहरु बजारमा आउने छ ।

निसान र होन्डाको सम्भावित मर्जरको खबर बाहिर आएपछि निसानको शेयर मूल्य एकै दिनमा २३.७ प्रतिशतले बढेको थियो । तर, यो मर्जरको विषयमा निसान र होन्डाका अधिकारीहरुले भने कुनै आधिकारीक धारणा वाहिर ल्याएका छैनन् ।


Back_to_top