एमजी विन्टर कार्निभल, पुराना गाडी साट्दा १० लाखसम्म बोनस पाइने

काठमाडौं । एमजी मोटर्स नेपालले ‘एमजी विन्टर कार्निभल २०२४’ आयोजना गर्ने भएको छ ।  कम्पनीले पुस ५ देखि ७ गतेसम्म सिल्भर ओक, बालुवाटारमा उक्त मेला आयोजना गर्ने भएको हो ।

उक्त कार्निभलमा एमजी, माज्दा, म्याक्सस र विलिङ जस्ता लक्जरी अटोमोबाइल ब्रान्डहरू प्रदर्शनीमा राखिने छ ।

जहाँ सहभागीले प्रिमियम गाडीहरूको अवलोकन, टेष्ट ड्राइभ, पुराना गाडीसँग नयाँ गाडी एक्सचेन्ज गर्नुका साथै विभिन्न मनोरञ्जनको आनन्द लिने सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले कुनै पनि लक्जरी गाडीमा अपग्रेड र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउने छन् ।

साथै, अन  द स्पट फाइनान्स सुविधा, टेस्ट ड्राइभ अवसर, विभिन्न खानेकुराका साथै सांगितिक मनोरञ्जन समेत पाउने छन् ।

त्यस्तै, कार्निभलमा शनिबार नेपाल प्रिमियर लिगको फाइनल खेल प्रत्यक्ष देखाइने छ ।


Back_to_top