एक्सपल्स २०० को डकार एडिशन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्स २०० डकार यार्ली एडिशन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एक्सपल्स २०० फोर भी प्रो डकार यार्ली एडिशन ल्याएको हो ।

हिरो मोटोकर्पले २०० को डकार एडिशनको मूल्य १ लाख ७६ हजार ५०० भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।

हिरोले डकार यार्लीबाट प्रभावित डिजाइनमा ल्याएको एक्सपल्स २०० फोर भी प्रोमा डकार ग्राफिक्स प्रयोग गरिएको छ । यसको फ्यूल ट्याङ्कमा डकार यार्लीको लोगो प्रयोग गरिएको छ भने साइड प्यानलमा कालो र रातो कलर प्रयोग गरिएको छ । यसका गाफ्रिकका अलावा अन्य कुनै परिर्वतन गरिएको छैन् ।

डकार प्रेरित एक्सपल्स २०० मा एक्सपल्स २०० प्रोकै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १९९.६ सीसी सिंगल सिलिण्डर, आयल कुल्ड इन्जिन उपलब्ध छ । यसले १९.१ पीएस पावरका साथै १७.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा कम्पनीले फुल्ली एडजष्टेबल टेलिस्कोपिक सस्पेन्सका साथै, प्रि–लोड मोनोशक सस्पेन्सन दिइएको छ । यसको सिट हाइट ८९१ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स २७० एमएम रहेको छ ।

एक्सपल्स २०० प्रोमा एबीएस मोड, फुल्ली डिजिटल एलसीडी कन्सोल, एलईडी लाइट, टल विन्ड स्क्रीन, नकल गार्ड, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर उपलब्ध छ ।


Back_to_top