मंसिरमा नेपाल आयो १ हजार २१० विद्युतीय गाडी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल ४ हजार ६९५ युनिट विद्युतीय गाडी आयात भएका छन् । उक्त आयात मध्ये मंसिर महिनामा १ हजार २१० युनिट गाडी आयात भएको हो ।

मंसिरमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । उक्त समूहमा एक महिनामा ६४६ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसरी आएका गाडी चीनबाट ६१८ युनिट र भारतबाट २८ युनिट आयात भएको हो ।

दोस्रो धेरै आयात ५० किलोवाटसम्मका साधन भएका हुन् । कुल आयात ४४० युनिटमा केही युनिट माइक्रो भ्यान पनि आयात जोडिएको हुन्छ । ५० किलोवाट क्षमताभन्दा कमका मोटर जडान भएको गाडी पनि चीनबाट नै धेरै आयात भएका छन् । चीनबाट ३४१ युनिट र भारतबाट ९९ युनिट आयात भएको देखिन्छ ।

यी दुई बाहेक १०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा १२४ युनिट गाडी आयात भएको देखिन्छ ।


Back_to_top