बीई-६मा चालक र अगाडि बस्ने प्यासेन्जर बीच दुरी ल्याउन ‘हेलो लूप’

काठमाडौं । महिन्द्राले आगामी मार्चबाट बिक्री सुरु गर्न लागेको बीई-६ इलेक्ट्रीक क्रसओभर मोडलका ‘हेलो लूप’ क्याविन दिएको छ । चालक र अगाडि बस्ने प्यासेन्जर बीचको कम्पार्टलाई छुट्टाउन हेलो लूप प्रयोग भएको हो ।

गाडी चलाउँदाको समयमा चालक र अगाडि बस्ने यात्रु बीच केही दुरी कायम गर्दै चालकलाई गाडी चलाउने तर्फमात्रै केन्द्रित गराउन ‘हेलो लूप’ प्रयोग गरिएको हो । यसले चालक र यात्रु बीची अनावश्यक विषयमा कुरा गर्न कम गराउने छ ।

कम्पनीले सेन्टर कन्सोलमा प्रयोग गरेको हेलो लूप फिचर सबै भेरियन्टमा भने उपलब्ध छैन । यसलाई अप्सनल बनाइएको छ । यसको प्रयोग नचाहनेले नभएकै किन्न पाउने छन् ।

कम्पनीले सार्वजनिक गरेदेखिनै चचौमा रहेको बीई-६ मोडल आगामी भारत मोविलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुनेछ । भारत मोविलिटी एक्स्पो जनवरी १७ तारिखबाट भारतको नयाँ दिल्लीमा सुरु हुनेछ ।


Back_to_top