इलेक्ट्रीक गाडीको इतिहास, हिजो, आज र भोलि

सन् १९०० मा अमेरिकी सडकमा एक तिहाई इलेक्ट्रीक गाडी चल्ने गर्थे । यसपश्चात् ग्यासोलिन सवारीसाधनको प्रयोगमा बढावा आएसँगै इलेक्ट्रीक गाडीको उत्पादन बन्द भयो ।

हाल बढ्दो इलेक्ट्रीक भेहिकलप्रतिको आकर्षणले २०४० सम्ममा सडकमा गुड्ने अधिकांश गाडी ईभी हुने आँकलन गर्न थालिएको छ । 

सन् १८३२ मा ब्रिटेनका रोबर्ट एड्र्सनले इलेक्ट्रीक गाडी निर्माण गरेका थिए । सन् १८९९ मा बेल्जियमका रेसिङ कारका ड्राइभर जेन्टलीले निर्माण गरेको कार पनि अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेको थियो । उक्त इलेक्ट्रीक कार प्रतिघन्टा १०० किलोमिटरको रफ्तारमा कुद्ने गथ्र्याे । 

१९०० देखि १९१० बीचमा सञ्चालनमा आएका अटो उत्पादक कम्पनीले आम–मानिसको प्रयोगको लागि इलेक्ट्रीक गाडी निर्माण सुरु गरेका थिए । उक्त गाडीमा फ्यान्सी अपहोलस्ट्री, फ्लाव–वेस, घडीलगायतका विशेषता उपलब्ध थियो । सो समयमा फर्डिनान्ड पार्सले इलेक्ट्रीक कार पी–१ को निर्माण गरेका थिए । 

फोर्डले यो अवधिमा निर्माण गरेको मोडेल ‘टी’ नाम ग्यासोलिन गाडीको कारण इलेक्ट्रीक भेहिकलप्रतिको आकर्षण घट्दै गयो । 

सन् १९७१ देखि १९७२ ब्याट्री पावर राखिएका गाडीको उत्पादन गर्न थालियो । ग्यासोलिन गाडीको बढ्दो मागको कारण ईभीप्रतिको आकर्षण कम भयो । पछि इन्धनको मूल्य बढेसँगै यूएस डिपार्टमेन्ट अफ इनर्जीले वैकल्पिक इन्धनको प्रयोगलाई बढावा दिँदै गयो ।

फलस्वरुप फोसिल इन्धनको विकल्पको रुपमा इलेक्ट्रीक प्रणालीको उपयोग गर्न थालियो । हाल अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रको आकर्षण सोेही प्रणालीप्रति छ । यसले प्रदूषणलाई कम गर्न मद्दत पुर्याउनुकासाथै बढ्दो इन्धनको मूल्य र अभावबाट छुटकारा प्रदान गर्ने सबैको विश्वास छ । 

सन् २०१८ मा आईपुग्दा संसारक ठूला अटोमोवाइल कम्पनीहरु इलेक्ट्रीक कार निर्माणमा लागि परेका छन् । भोलिका दिनमा धेरै कम्पनीको पहिलो लक्ष्य इलेक्ट्रीक कार निर्माणमा लाग्ने पक्का छ । 


Back_to_top