यस्ता परिर्वतनसहित आउँदै २०१९ यामाहा ‘एफजेड–एस’

यामाहाले नयाँ मोडलको बाइक ‘एफजेड–एस’को फेसलिफ्ट सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कम्पनीले यसलाई भारतीय बजारमा २१ जनवरीमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

यामाहा ‘एफजेड–एस’ फेसलिफ्टमा नयाँ हेडल्याम्प, इन्टेग्रेटेड डीआरएल ठूलो फ्यूल ट्याङ्क, एयर भेन्ट तथा नयाँ फ्रन्ट फेन्डर दिइएको छ । आकर्षक डिजाइनमा आएको यस बाइकमा ड्यूल टोन कलर थेम दिइएको छ । 

एबीएससहित आएको यस बाइकमा अन्य मेकानिकल परिवर्तन गरिएको छैन । यसमा स्ट्यान्डर्ड रियर ड्रम–ब्रेक तथा अप्सनल रियर डिस्क–ब्रेक पनि उपलब्ध छ । 

यामाहा एफजेड–एसमा १४९ सीसी एयरकुल्ड फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ । जसले १३.२ पीएस पावर र १२.८ एनएम–टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ । 

यसमा सेग्मेन्ट स्ट्यान्डर्ड हार्डवेयर सेटअप गरिएको छ । जसमा डायमान्ड फ्रेम, टेलीस्कोपिक फ्रन्ट, मनोसक रियर सस्पेन्सन सिस्टम दिइएको छ । साथै, १७ इन्च अलोए ह्वील, ट्यूवलेस टायर दिइएको छ । यसको फ्यूल ट्याङ्क क्षमता १२ लिटर रहेको छ । 

बजारमा यस बाइकले सुजुकी जिक्सर, होन्डा सीबी हर्नेट–१६० आर, हिरो एक्सट्रीम स्पोर्ट तथा पल्सर एनएस–१६० सँग प्रतिस्पर्धा गर्छ । यसको स्टायडर्ड मोडलको नेपाली बजारमा मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँदेखि २ लाख ८७ हजार ९०० रुपैयाँसम्म रहेको छ । 


Back_to_top