हिरो एक्सपल्स २१० प्रोडक्सन मोडल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । हिरो मोटोकर्पले हिरो एक्सपल्स २१० मोटरसाइकलको प्रोडक्सन मोडल सार्वजनिक गरेको छ । कम्पनीले भारतको नयाँदिल्लीमा शुक्राबारदेखि सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले डबल स्पोर्ट एड्भेन्चर सेग्मेन्टको एक्सपल्स २१० मोटरसाइकल भारतीय बजारमा भारु १ लाख ७६ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको हो ।

एक्सपल्स २०० फोर भीकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको भए पनि यसमा धेरै परिर्वतनहरू देखिएका छन् । तस्बिरमा देखिए अनुसार नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याएको छ।

यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाई टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, सानो विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटरहरू, सिंगलपिस सिट र ट्युबुलर ह्यान्डलबार जस्ता फिचरहरू छन् ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिनले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top