ओमोडा/जेकोले खोल्यो चाबहिलमा नयाँ शोरुम, एक्सचेन्ज मेला पनि सुरु

काठमाडौं । ओमोडा/जेको ब्राण्डले काठमाडौंको चाबहिलमा नयाँ शोरुम संचालनमा ल्याएको छ । रिकन्डिसन सवारीसाधनको ब्यवसायमा लामो अनुभव भएको काठमाडौं अटोमोवाइलले उक्त शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीले शोरुमको उद्घाटनसँगै सप्ताहब्यापी एक्सचेन्ज क्याम्पसमेत सुरु गरेको छ । जुनसुकै ब्राण्डको पुराना गाडी ल्याएर ओमोडा/जेको ब्राण्डका नयाँ एसयूभीसँग सट्टापट्टा गर्न सकिने कम्पनीले जनाएको छ ।

अहिले ओमोडा/जेको ब्राण्डमा दुई मोडल बिक्री हुँदै आएका छन् । ओमोडा ई-फाइभ र जेको जे-सिक्स मोडल नेपाली सडकमा बाक्लो संख्यामा उपस्थिति जनाउन सफल मोडल हुन् ।

मूल्यका हिसावले ५५ लाखदेखि ७० लाख रुपैयाँसम्म पर्न यी एसयूभी फिचर लोडेड हुनुको साथै धेरै किसिमका बाटोहरुको लागि उपयोगी मानिन्छ । ओमोडा ई-फाइभ क्रसओभर एसयूभी हो भने जेको जे-सिक्स लाइफ स्टाइल प्रोडक्ट हो ।


Back_to_top