काठमाडौं । मित्सुवीसी मोटर्स जापानको नेपालका लागि आधिकारीक बिक्रेता लियोन मोटर्सले मित्सुवीसीको क्रसओभर ‘एक्लीप्स’ नेपाली बजारमा भित्र्याएको छ ।
विश्व बजारमा ४ भेरियन्टमा एक्लीप्सको मोडलहरु उपलब्ध रहेका छन् । एक्लीप्स क्रसओभर कार हो । जसमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले १५२ बीएचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्छ ।
यो आठ स्पीडको सीभीटी (कन्टीनीअस भेराइवल ट्रान्समिशन) अटोमेटिक ट्रान्समिशनमा उपलब्ध रहेको छ ।
यो क्रसओभर मित्सुबीसीको आउटल्याण्डर मोडल भन्दा सानो तथा एएसएक्स मोडल भन्दा ठूलो साइजमा रहेको छ । यसको बम्परमा प्रयोग भएका क्रोम तथा पियानो व्ल्याक मेटेरियलले कारलाई स्पोर्टी तथा स्टाइलिस देखाएको छ ।
हेडलाइटबाट तल फगलाइटसम्म झारिएको कर्भ क्रोमको फिनीसीङ्गले यो कार निकै अग्रेसिभ देखिएको छ । साइड प्रोफाइलमा पनि पछाडिको ह्वीलबाट अगाडिसम्म ड्रप भएको स्टायलीस बडीले यो कारले मानिसलाई आकर्षित गर्ने छ ।
बुट स्पेसको कुरा गर्दा ६२५ लिटरको स्पेश पाउन सकिन्छ । पछाडिको सीट फोल्ड गर्ने हो भने यसको क्षमता बढाएर १३८० लिटरसम्म पुर्याउन सकिन्छ ।
१७ इन्चको एलोय ह्वील रहेको एक्लीप्सको ग्राउण्ड क्यिरेन्स १८० एमएम रहेको छ । पछाडि सुपर राउन्ड ठूलो साइजको एलइडी टेललाईट दिइएको छ, जसलाई दुबैतर्फ एलइडी रेड लाइनले जोडिएको छ । यसले रियर विन्ड–स्क्रिनलाई स्प्लीट गरेर दुईवटा बनाएको छ ।
यसमा रियर वाइपर पनि स्पोइलर भित्र लुकाइएको छ भने, रुफमा सार्क–फिन एन्टेना दिइएको छ । बम्पर तथा त्यसको वरिपरी ब्ल्याक कलरको क्लाइडिङ्ग दिइएको छ । अगाडि र पछाडि रहेको सिल्भर कलरको स्केड प्लेटले कारलाई अझ आकर्षक बनाएको छ ।
बुट स्पेसको कुरा गर्दा ६२५ लिटरको स्पेश पाउन सकिन्छ । पछाडिको सीट फोल्ड गर्ने हो भने यसको क्षमता बढाएर १३८० लिटरसम्म पुर्याउन सकिन्छ ।
कारको ड्यास–बोर्डमा पियानो व्ल्याक र सिल्भर कलरको कम्बिनेसन दिइएको छ । स्टेरिङ्ग ह्वीलमा लेदर कभर तथा व्ल्याक साइन मेटेरियलको साथै क्रोम लाइनिङ्गको प्रयोग गरिएको छ ।
फोन, म्युजिक कन्ट्रोल तथा क्रुज कन्ट्रोलका सुइजहरु स्टेरिङमा दिइएको छ । इन्फोटेन्मेन्टका लागि ७ इन्चको फ्लोटिङ्ग टचप्यानल दिइएको छ भने, यसलाई सेन्टर आमरेस्टमा रहेको ल्यापटप जस्तो टचप्याडले पनि कन्ट्रोल गर्न सकिन्छ ।
सुरक्षाको लागि एबीएस, इबीडी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ट्रयाक्सन कन्ट्रोल, एक्टिभ स्टेबिलीटी कन्ट्रोल, हाइ हिल असीस्ट, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, व्लाइन्ड स्पट वार्निङ, तथा फ्रन्ट र कटन एयरव्याग जस्ता सबै आधुनिक फिचरहरु रहेको छ ।
स्टेरिङ्गको माथि फोल्डेवल एडिसनल डिस्प्ले स्किृनसमेत दिइएको छ । जुन गाडी अन गरेपछि मात्र फोल्ड हुन्छ । यो फिचर सेगमेन्टमै पहिलो रहेको छ । यसले म्युजिकका लागि एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।
डियुल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोलसहित आएको यो कारमा हिटेड सिट तथा स्टेरिङ्ग ह्वील रहेको छ । यसमा अगाडि र पछाडिका पेसेन्जरका लागि दुईवटा प्यानारोमिक सनरुफसमेत दिइएको छ ।
म्याचिङ्ग कलर स्टीचिङ्ग भएको गुणस्तरीय फेब्रिक सिट कभर दिइएको छ भने, ड्राइभर सीट सिक्स–वे इलेक्ट्रीकल्ली एड्जस्टेवल रहेको छ ।
सुरक्षाको लागि एबीएस, इबीडी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ट्रयाक्सन कन्ट्रोल, एक्टिभ स्टेबिलीटी कन्ट्रोल, हाइ हिल असीस्ट, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, व्लाइन्ड स्पट वार्निङ, तथा फ्रन्ट र कटन एयरव्याग जस्ता सबै आधुनिक फिचरहरु बाट यो सुसज्जित रहेको छ ।
मित्सुवीसीको एक्लीप्स टुह्वील तथा अलह्वील ड्राइभ भर्सनमा नेपाली बजारमा उपलब्ध छ । यसको सुरुवाति मूल्य १ करोड २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

