यामाहा बन्यो ‘टी-२०’ त्रिकोणत्मक क्रिकेट सिरिजको मुख्य प्रायोजक

काठमाडौं । आजबाट काठमाडौंको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको विमन टी-२० प्रतियोगिताको मुख्य प्रायोजक यामाहा बनेको छ ।

तीन देश समिलित प्रतियोगितामा नेपाल, नेदरल्याण्ड र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ ।

जहिल्यै जोश, सुद्धता र शक्तिको प्रतिक मानिने यामाहाले खेलकुदमा जोडिनुलाई युवा पुस्तालाई सघाउने आफ्नो प्रयास भनेको छ ।

‘यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अभिवृद्धिमा विश्वास गर्छ । हामी महिला खेलकुदको क्षेत्रमा जोडिएर त्रिकोणत्मक सिरिजको मुख्य प्रायोजक बन्न पाउँदा उत्साहित छौं । यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढवा दिनेछ’, एमएडब्लू राइडका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने ।

प्रतियोगिता माघ २५ गतेसम्म चल्नेछ ।


Back_to_top