काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले एनएक्स २०० को २०२५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सीबी २०० एक्सको अपडेटेड भर्सनको रूपमा एनएक्स २०० सार्वजनिक गरेको हो ।
एनएक्स २०० नेपाली बजारमा समेत उपलब्ध मोटरसाइकल हो । त्यसैको २०२५ मोडलको रूपमा केही अपडेटसहित सार्वजनिक भएको छ ।
कम्पनीले २०० सीसी एड्भेन्चर टूरर डिजाइनमा ल्याएको एनएक्स २०० को मूल्य १ लाख ६८ हजार ४९९ भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको छ । यो मोटरसाइकल सार्वजनिक गरेसँगै होण्डाले सीबी २०० एक्सको उत्पादन बन्द गर्ने भएको हो । यो मूल्य रेगुलर मोडलको तुलनामा १७ हजार भारतीय रुपैयाँले महँगो हो ।
एनएक्स २०० नयाँ ग्राफिक्सका साथै मस्कुलर फ्यूल ट्याङ्क, अल एलईडी लाइट्स, एक्स सेप एलईडी ब्रेक लाइट दिइएको छ । यसका अलावा कम्पनीले २०२५ एनएक्स २०० मा फुल डिजिटल टीएफटी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, नेभिगेशन, कल एमएमस अलर्ट फिचर यसमा पाउन सकिन्छ ।
त्यसैगरी, यसमा चार्जिङ पोर्ट, टर्क कन्ट्रोल, स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर थप गरिएको छ । तीन कल भेरियन्टमा आउने यो मोटरसाइकलमा १८४.४ सीसी, सिंगल सिलिण्डर, ४ स्ट्रोक इन्जिन पाउन सकिन्छ । यो इन्जिनले १७ पीएस पावरका साथै १६ एनएम टर्क जेनेरेट गर्छ । यसम ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

