यी थप फिचरकासाथ एक हप्तापछि आउँदै मारुती सुजुकी बोलेनो फेसलिफ्ट

२०१९ मारुती सुजुकी बलेनो फेसलिफ्ट लन्चका लागि तयार भएको छ । यो कार जनवरीको २९ तारिखमा बजारमा आउने विभिन्न भारतीय मिडियाले उल्लेख गरेका छन् । 

यो कार जनवरी महिनामा नै हुने अर्को ठूलोमध्येको एक भएको अनुमान गरिएको छ । भारतीय बजारमा मारुती सुजुकी बलेनो निकै सफल कारको श्रेणीमा पर्छ ।

कम्पनीले यस कारको बुकिङ्ग सुरु गरिसकेको छ । भारतमा यसलाई ११ हजार रुपैयाँ तिरेर प्रि–बुकिङ्ग गर्न सकिने जनाइएको छ । 

२०१९ मारुती सुजुकी बलेनो फेसलिफ्ट सिग्मा, डेल्टा, जेटा र अल्फा वेरियन्ट्समा लन्च हुनेछ । 

२०१९ मारुती सुजुकी बलेनो फेसलिफ्टको बेस सिग्मा पेट्रोल वेरियन्टको मूल्य ५ लाख ४० हजार रुपैयाँको नजिकै हुने अनुमान गरिएको छ । यस्तै, यसको टप स्पेसिफिकेशन अल्फा डिजल वेरियन्टको मूल्य करिब ८ लाख ५० हजार रुपैयाँ आसपास हुनसक्ने अनुमान गरिएको छ । 

मारुती बलेनोको फेसलिफ्ट वर्जनमा मेकानिकल कुनै पनि परिवर्तन गएको छैन । यसमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८३ बीएचपी पावर र ११५ एनएमको पिकटर्क जनरेट गर्छ । यस्तै, डिजेल भेरियन्टमा १.३ लिटरको इन्जिन दिइएको छ । जसले ७४ बीएचपी पावर र १९० एनएम–टर्क जेनेरेटर गर्छ । 

दुबै इन्जिन फाइभ–स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । तर, पेट्रोल भेरियन्टमा सिभिटीको विकल्प हुनेछ । 

फेसलिफ्ट बलेनोमा रि–डिजाइन गरिएको फ्रन्ट बम्पर दिइएको छ । बम्परको सेन्टरमा ठूलो एयर–ड्याम र फरक–फरक भेन्ट राखिएको छ । साथै, नयाँ बलेनो पुरानोको तुलनामा केही ठूलो र स्लिम हुनेछ । यसबाहेक ग्रिलको तलतिर क्रोम–स्ट्रीप राखिएको छ । हेडल्याम्प क्लस्टरमा क्रोम इन्सटर््स देख्न सकिनेछ । 

यस कारको पहिला पनि थुप्रै मोडल स्केच आइसकेको छ । यसमा नयाँ फगल्याम्प, एलईडी प्रोजेक्टर हेडल्याम्प, मेसिन फिनिसिङ्ग अलोय ह्वीलकासाथै एलईडी टेल–ल्याम्प दिइएको छ । 

सेफ्टी फिचरको कुरा गर्नुपर्दा २०१९ मारुती सुजुकी बलेनो फेसलिफ्टमा स्पीड अलर्ट सिस्टम, सिट वेल्ट वार्निङ्ग, पार्किङ्ग सेन्सर राखिएको छ । यसबाहेक यसको सबै भेरियन्टमा ड्यूल एयरब्याग, चाइल्ड सिट र एबीएसजस्ता फिचर दिइएको छ । 

फेसलिफ्टको टप भेरियन्टमा प्रोजेक्टर हेडल्याम्प दिइएको छ । यसबाहेक इन्टेरियरमा केही नयाँ फिचरकासाथै नयाँ अपडेट्स पनि पाइनेछ । 


Back_to_top