काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले भदौमा भएको नाडा अटो शो २०२४ मार्फत आफ्नो माइक्रो एसयूभी पन्च बिक्री सुरु गरेको थियो । बिक्री सुरु भएको केही समयमा नै यसले सफलता पाएको हो ।
नेपाल आएको ६ महिनाको अवधिमा नै ५६७ युनिट पन्च ईभी आइसकेको छ । पन्च औषतमा मासिक ९४ युनिटका दरले आयात हुँदै आएको देखिन्छ । भदौमा बिक्री सुरु गर्नु अगाडि १०१ युनिट आयात भएको पन्च, असोजमा २१५, कार्तिकमा ११६, मंसिरमा ३८, पुसमा २२ र माघमा ७५ युनिट आयात भएको छ ।
टाटा पन्च कम्पनीको पहिलो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार भएको मोडल हो । त्यसैले यसको फिचर, ब्याट्री, रेन्जले धेरैलाई खुसी बनाउँदै आएको छ । बढ्दो एसयूभी सेग्मेन्टमा आएको र सनरुफ समेत उपलब्ध भएको कारण यसलाई धेरैले मनपराएका छन् ।
पन्च ईभीले ग्लोवल एनक्याप र भारत एनक्याप दुबैले गरेको क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । पन्च ईभीको स्टायण्डर्ड भेरियन्टबाटै ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टेविलीटी कन्ट्रोल, ब्लाइन्ड स्पट मोनिटरिङ, चार वटै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेर बनाएको पन्च ईभी निकै एरोडाइनामिक छ । यसको ब्यूल्ट क्वालिटीको विषयमा निकै चर्चा हुने गरेको छ । बडीमा प्रयोग भएको स्टील होस् वा प्लाष्टिक दुबैको गुणस्तर राम्रो पाउन सकिन्छ ।

सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च ईभीलाई तीन भेरियन्टमा उपलब्ध गराएको छ । यसको मिड रेन्ज (एमआर)को टप भेरियन्ट इम्पावर्ड प्लस एसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी लङ रेन्ज (एलआर) को इम्पावर्ड भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ । टप भेरियन्ट इम्पावर्ड प्लस एसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
टाटाले पन्च ईभीमा ९० किलोवाट क्षमताको मोटर दिएको छ । साथै, पन्चमा ब्याट्री भने २५ र ३५ किलोवाट आवरको पाउन सकिन्छ । यसमा रहेको १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पन्चको अर्को बलियो पक्ष हो ।
टाटाले ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्च ईभीमा भेन्टीलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ, वायरलेस चार्जर जस्ता फिचर छन् ।
त्यसका अलावा ठूलो इन्फोटेन्टमेन्ट र इन्ट्रुमेन्ट क्लष्टर दिइएको पन्च ईभीमा उत्कृष्ट क्वालीटीको इमेज, डिजिटल बटमहरुको प्रयोग उत्कृष्ट रहेको छ ।


