बीवाइडीको हाइटेक विकमा हुनेछन् यस्ता गतिविधि, हेर्न जान के गर्ने ?

काठमाडौं । बीवाइडी ग्रुप अन्तर्गत रहेका विभिन्न ब्राण्डका गाडी एकै स्थानमा प्रदर्शनी गर्न लागेको छ । कुनै पनि गाडी बिक्रेता कम्पनीले आफ्नो ब्राण्ड रेन्ज र टेक्नोलोजीलाई एक साथ नेपालमा प्रदर्शन गर्न लागेको सम्भवत यो पहिलो पटक हो ।

‘बीवाइडी हाइ-टेक विक २०२५’ नाम दिएर काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा एक साता संचालन हुनेछ । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकका अनुसार हाई-टेक विकमा इलेक्ट्रीक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई अबलोकनकर्ताले नजिकबाट नियाल्न सक्नेछन् । कार्यक्राम आगामी फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुनेछ ।

कार्यक्रममा हाई-टेक इन्टर्याक्टिभ जोन हुनेछ । जहाँ बीवाइडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई-प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन-कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधि प्रदर्शनी हुनेछ ।

त्यसैगरी भेहिकल जोनमा पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाइडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलहरु देखाइने छ ।

गाडीहरुको पर्फमेन्स दर्शाउने लाइभ डेमो पनि हुनेछ । साथै, एक्सपर्ट टक र प्यानल डिस्कसन कार्यक्रम पनि यस दौरान आयोजना गरिने साइमेक्स इंकले जनाएको छ ।

कम्पनीका अनुसार यहाँ सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप आयोजना हुनेछ । यसले परिवार मात्र नभई प्रविधि प्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।

बीवाइडी हाई-टेक विक २०२५ अबलोकन गर्न तपाईले टिकेट खरिद गर्नु पर्ने हुन्छ । विद्यार्थीलाई भने परिचय पत्रका आधारमा निःशुल्क प्रवेश गर्न दिइने कम्पनीले जनाएको छ ।


Back_to_top