काठमाडौं । आगामी मार्च १२ तारिखमा टोयोटाले इलेक्ट्रीक क्रसओभर एसयूभी बजारमा उतार्ने भएको छ । कम्पनीले युरोपियन बजारबाट बिक्री सुरु गर्न लागेको नयाँ एसयूभी बारे सस्पेन्स भने कायम राखेको छ ।
कम्पनीले एक टीजर सार्वजनिक गर्दै मार्च १२ तारिखमा आफ्नो उत्पादन आउने जानकारी दिएको छ । कम्पनीको टिजर भिडियोमा गाडी देखाइएको छैन । तर, गाडीको बनोटको बारेमा भने ब्याख्या गरिएको छ ।
कम्पनीले स्लीक डिजाइन, डाइनामिक ड्राइभ, स्पेश एण्ड कम्फर्ट, इलेक्ट्रीक पावर लेखेर भिडियो सार्वजनिक गरेको हो । कम्पनीले यसको पूर्ण रिभिल भने मार्च १२ तारिखमा गर्नेछ ।
टोयोटाले बिक्री सुरु गर्न लागेको नयाँ मोडल अर्वान क्रुजर हुने अनुमान गरिएको छ । अर्वान क्रुजर यसअघि पनि टोयोटाले भारतमा भएको मोविलिटी शो २०२५ मा देखाएको थियो ।
टोयोटा अर्वान क्रुजर दुई ब्याट्री अप्सनमा आउने छ । यसमा ४९ र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । मोटर पनि १०६ किलोवाटदेखि १३५ किलोवाटसम्मको प्रयोग हुनेछ । टोयोटाले यसलाई फोर ह्वील ड्राइभमा पनि ल्याउने बताएको छ ।


