काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले काठमाडौंमा आफ्नो चार ब्राण्डका ईभीहरु प्रदर्शनी सुरू गरेको छ । ‘बीवाइडी हाइटेक विक २०२५’ नाम दिएको प्रदर्शनीमा चाँडै नेपालमा बिक्री सुरु हुने दुई मोडल पनि देखाइएको छ ।
विगत लामो समयदेखि नेपालमा ब्याट्री इलेक्ट्रीक भेहिलक मात्र बिक्री गरिरहेको साइमेक्स इंकले प्लगइन हाइब्रिड मोडल पनि देखाएको छ । प्लगइन हाइब्रिडसँगै अफरोड क्यापाविलीटी, ट्यांक टर्न, क्रयाब वाक जस्ता गाडीका टेक्नोलोजी प्रदर्शन गरेको हो ।
भोलिबाट पव्लिकका लागि खुल्ला रहने हाइटेक शोमा कम्पनीले आफ्नो तेस्रो जेनेरेशन ई-प्लेटफर्म ३.० र ब्लेड ब्याट्रीको नेल पेनेट्रेसन टेस्टसमेत प्रत्यक्ष देखाएको छ ।

आज मिडियाका लागि खुला रहेको शोमा विभिन्न गाडीहरुको एड्भान्स फिचरहरुको लाइभ डेमोस्ट्रेस गरिएको थियो । बीवाइडीको अफरोड पीकअप ट्रक सार्क, फेङचेङ बाओको बाओ-५, याङवाङको यू-८, डेन्जाको एमपीभी डी-९ र जेड-९ जीटी प्रदर्शन गरिएको छ ।

बीवाइडीको हाइटेक विकमा डेन्जा जेड-९ को क्रयाब वाक, बाओ-५ को अफरोड क्यापाबिलीटी तथा स्पेशन सस्पेन्सन तथा याङवाङको यू-८ को ३६० डिग्री ट्याङक टर्न क्षमता प्रदर्शन भएको थियो ।

बीवाइडी सार्क र डेन्जा जेड-९ चाँडै बिक्री सुरु हुने
बीवाइडी हाइटेक विकमा देखाएका नयाँ ५ गाडी मध्य बाओ-५, याङवाङ यू-८, डेन्जा जेड-९ भने प्रदर्शन मात्र गर्ने भएको हो । बीवाइडीको लागि नेपालको आधिकारीक बितरक साइमेक्स इंकले प्लगइन हाइब्रिड पीकअप बीवाइडी सार्क तथा लग्जरी एमपीभी जेड-९ भने नेपालमा बिक्री गर्ने मोडल हो । यी दुबै गाडी राइटह्याण्ड ड्राइभ भर्सनमा आएको छ ।

बीइभी मात्र बिक्री गर्दै आएको कम्पनीले अफरोड यात्राको लागि प्लगइन भेहिकल भेहिलक समेत बिक्री थाल्ने भएको हो । त्यस्तै लग्जरी भेहिलक खोज्नेहरुको लागि डेन्जा ब्राण्डको प्रिमियम एमपीभी जेड-९ छिट्टै बिक्री सुरु गर्न लागेको कम्पनी स्रोतले बतायो ।

सुरुवातमा बीवाइडीको शोरुम मै राखेर बिक्री गरिने डेन्जा ब्राण्डको लागि कम्पनीले छुट्टै डेडिकेटेड शोरुम संचालन गर्ने कम्पनी स्रोतले मेराअटोलाई बतायो ।


