पल्सरको नयाँ सिरिज-२५० मा हुनेछ पावर र स्टाईल

पछिल्लो सयम बजाजले पल्सर सिरिजका बिभिन्न मोडलका एबीएस भेरियन्ट सार्वजनिक गरिरहेको छ । अब कम्पनीले  आफ्नो पल्सर लाइनअपमा नयाँ मोडल थप गर्ने भएको छ । 

कम्पनीले ल्याउने नयाँ पल्सर २५० केटीएम ड्यूक २५० बाट प्रभावित हुने कम्पनीले जनाएको छ । यो मोडलको आगमनसँगै पल्सरको फ्यामेलिमा एउटा नयाँ सदस्य थपिने छ । 

पल्सर सधै पावर र स्टाइलको लागि चर्चित रहँदै आएको छ । यो नयाँ पल्सर २५० पनि निकै आर्कषक डिजाइन उच्च पावर क्षमताका साथ आउने कम्पनीले जनाएको छ । 

यदि केटीएम ड्यूक २५० मा आधारित रहेर आउने हो भने यसमा २४९ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनको प्रयोग हुनेछ । यसले ३० पीएस पावरका साथै २४ एनएम टर्क जेनेरेट गर्नेछ । बजाजले आफ्नो छुट्टै इन्जिनमा नयाँ मोडललाई ल्याउन सक्ने अनुमान पनि गरिदै आएको छ । 

यो पनि पढ्नुहोस्: बजाज डिस्कभरमा नयाँ अफरः बाइक किन्दा ३२ इन्चको एलईडी टिभी उपहार

बजाजले नयाँ पल्सर २५० लाई २०२० को पहिलो त्रैमासिक अवधिसम्ममा सार्बजनिक गरिसक्ने छ । भारतीय नयाँ प्रदुषण मापदन्ड अनुसारको इन्जिन ‘बिएस–६’ र सुरक्षा मापदन्ड अनुरुपको फिचर ‘एबीएस’ यसमा उपलब्ध हुनेछ । 

यसले, यामाहा एफजेड–२५ र आउँदै गरेको सुजुकी जिक्सर–२५० सँग सिधा प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top