नयाँ फिचरसहित आउँदै केटीएक RC-200, यस्ता छन् विशेषाता

अस्ट्रियन बाइक निर्माता कम्पनी केटीएमले आरसी २०० एबीएस सुबिधा थप गरेर बजारमा ल्याउने भएको छ । 

यसअघि भारतीय बजारमा उत्पादन हुने यो बाइकमा एबीएस सुबिधा रहेको थिएन । युरोपमा भने यसअघि देखि नै एबीएससहित उपलब्ध रहेको थियो । 

भारतीय बजारमा यहि अप्रिलदेखि १२५ सीसीभन्दा माथीका बाइकमा एबीएस अनिवार्य राख्नुपर्ने नियम अनुसार केटीएमले आरसी २०० लाई एबीएससहित ल्याउने भएको हो ।  

केटीम आरसी २०० मा सिगंल च्यानल एबीएस दिएको छ, जसले मूल्यमा भने केही मात्रै परिर्वतन हुने छ । यो बाइकको मूल्य भारतीय बजारमा १ लाख ८८ हजार  निर्धारण गरिएको छ । 

यो बाइकमा १९९ सीसीको लिक्विड कुल्ड,सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १० हजार आरपीएममा २५ पीएस तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ । 

यस बाइकमा ६ स्पीडको गियर बक्स रहेको छ । फ्रन्टमा २८० एमएम र पछाडी २४० एमएमको डिस्क ब्रेक उपलब्ध छ । 

बाइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कल्सटर दिएको छ । ट्वीन पड प्रोजेक्टर हेडल्याम्प, फ्रन्टमा अपसाईड डाउन फ्रक र रियरमा मोनोसक रहेको छ । 

कम्पनीले यो बाइकको बुकिङ लिन सुरु गरेका छ । केटीम आरसी नन् एबीएस स्टक रहँदासम्म मात्र उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । यो बाइकले बजाज एनएस २०० तथा यामाहा आर–१५ भी३ सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top