सुजुकी जिम्नीको नयाँ अवतार, पिकअप स्टाइलले कस्तो पाउला बजार ?

जापानको अटोमोबाइल्स कम्पनी सुजुकीले सिरेरा पिकअप अवधारणामा निर्माण गरेको मिनी एसयूभीले अन्तर्राष्ट्रिय अटो बजारमै चर्चा पाउने गरेको छ । यसैबीच, कम्पनीले सोही अवधारणामा सुजुकी जिम्नी पिकअप निर्माण गरिरहेको छ । रेट्रो क्लासिक स्टाइलमा निर्माण हुने न्यू जेनेरेशनको जिम्नी कम्पनीको अर्काे आकर्षक मोडल हो । 

जिम्नी पिकअपमा उडन साइड बडी प्यानल, बडी कलर ग्रिल, रोल हुप, एलईडी स्पोट लाइट्स, सिल्भर स्किड प्लेट, ब्लाक लोअर बडी क्लेडिङ्ग, वाइड फिनिस रुफ र स्टील ह्वील तथा अफरोड टायर दिइनेछ । कम्पनीले यो मोडलमा १.५ लिटर पेट्रोल मोटर लगाउने तयारी गरेको कुरा बाहिर आएको छ । 

सुजुकी जिम्नीमा डिच रियर विन्डो, एडप्ट रुफ माउन्टेड लगेज र्याक, एक्सटर्नल रोल केज, हाई ग्राउन्ड क्लियरेन्स, कस्टुम ह्वील लगाइनेछ । यसमा उपलब्ध टर्बाेचाज्र्ड थ्री–सिलिन्डर पेट्रोल मोटरले ६३ बीएचपी पावर उत्पादन गर्छ । यो मोडल २०२० बाट अमेरिकी बजारबाट बिक्री सुरु हुनेछ । 


Back_to_top