बाहिर आयो अवतार-०६, अप्रिलबाट बिक्री सुरू हुने

काठमाडौं । चांगान अटोमोवाइल, सीएटीएल र ह्वावेको न्यू इनर्जी भेहिकल ब्राण्ड अवतारले नयाँ मोडलको अवतार-०६ सेडान कारको प्रिसेल सुरु गरेको छ । कम्पनीले आगामी महिना लन्च हुने अवतार-०६ को सुरुवाती मूल्य २९ हजार ७२० डलर तोकिएको हो ।

मिड साइज सेडानमा आउने अवतार-०६ ब्याट्री इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल दुई इन्जिन अप्सनमा आगामी महिना लन्च हुनेछ । यसअघि ब्याट्री इलेक्ट्रीक गाडी मात्रै बनाउँदै आएको कम्पनीले यस पटक भने अन्य चिनियाँ कम्पनीहरु जस्तै इआरइभी भर्सनसमेत ल्याउने भएको हो ।

अवतार ब्राण्डको तेस्रो मोडलका रुपमा आउने अवतार-०६ को लम्बाइ ४८५५ एमएम, चौडाइ १९६० एमएम र उचाइ १४५० एमएम छ । यसमा ह्वील वेस २९४० एमएम छ ।

कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको अवतार-०६ को सीएलटीसी रेन्ज ६५० किलोमिटर तथा सिंगल मोटर र डिउल मोटर अप्सनमा आउने छ । उक्त सेडान कारले सिंगल चार्जमा २५२ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ । अल ह्वील ड्राइभ अप्सनमा अगाडि १८८ किलोवाटको मोटर छ ।

अवरतार-०६ मा ह्वावेको ‘कियानकुन एडीएस ३.० स्मार्ट ड्राइभिङ सिस्टम’ र १९२ च्यानलको लाइडार हार्डवेर प्रयोग भएको छ ।


Back_to_top