काठमाडौं । एक महिना भित्रै नेपालमा बिक्री सुरू हुने डोङफेङ फरथिङको मूल्य सार्वजनिक भएको छ ।
नेपालका लागि डोङफेङ फरथिङको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटीले कम्प्याक्ट एसयूभी फरिथिङको प्रारम्भिक मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार लग्जरी भेरियन्टको ५६ लाख ९६ हजार रुपैयाँ र एक्जुकेटिभ भेरियन्टको ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले चाँडै बिक्री सुरू गर्न लागेको फर्थिङ फ्राइडे रसुवागढी नाकामा आइपुगेको छ ।
डोङफेङ फरथिङको फ्राइडे मोडलको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम रहेको छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

अधिकतम स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको एसयूभीमा टर्नरी लिथियम ब्याट्री दिइएको छ । कम्पनीले यसमा ९९ किलोवाटको मोटर दिएको छ । यसको टर्क ३४० एनएमको छ ।
पानारोमिक सनरुफ उपलब्ध कारमा १९ इन्चको स्पोर्टस् टायर दिइएको छ । इन्टेलिजेन्ट ४.० फ्युचर लिंक टेक्नोलोजी प्रयोग भएको कारमा १०.२५ इन्चका दुई स्क्रीन उपलब्ध छन् । ३६० डिग्री क्यामेरा, लेदर सिट, क्रिस्टल गियरनव यसमा पाउन सकिन्छ । इलेक्ट्रीक सिट मेमोरी इलेक्ट्रीक टेलगेट, हिटिङ र भेन्टिलेटेड फ्रन्टसिट, सिट मसाज लगायत फिचर रहेको छ ।
सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, एचबीए, एएसआर, ईएसपी, अपहिल डाउनहिल असिस्ट, अटोमेटिक पार्किङ, फ्रन्ट पार्किङ राडार, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वानिङ, फ्रन्ट कोलुजन वार्निङ, ब्लाइण्ड स्पट डिटेक्सन, अटोमेटिक अनलग इन कोलुजन जस्ता फिचर रहेको छ ।
फरथिङको यो एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक रहेको छ । यो ब्याट्रीप्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घण्टामा फुलचार्ज हुन्छ ।
त्यस्तै, १२० किलोवाट आवारको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फरथिङको दुवै भेरियन्टमा समान साइजको ब्याट्रीप्याक भएकाले यो ईभीले ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

