यो हो संसारकै सानो एसयूभी, निर्माणकर्ताको नाम गिनिज बुकमा

भारत बेङ्गलोरका इन्टेरियर डिजाइनर जकिर खानले मोडिफाई गरेको एसयूभी संसारकै सानो कारको नामले गिनीज वल्र्ड रेकर्डमा दर्ता भएको छ । सानैदेखि कार तथा मोटरसाइकलको मोडिफिकेसनमा विशेष रुची राख्ने जकिरले डिजाइन गरेको उक्त जिप्सीको उचाई ३ फिट रहेको छ । 

जकिर भन्छन्, ‘कार, मोटरसाइकलको मोडिफिकेसनमा मेरो विशेष रुची छ । हाल आफुले बनाएको मिनी–जिप्शीले वल्र्ड रेकर्ड कायम गर्दा निकै खुसी लागेको छ ।’

उनकाअनुसार यसमा ८४० सीसी क्षमताको थ्री–सिलिन्डर इन्जिन लगाइएको छ । यसको टपस्पीड क्षमता १४० किलोमिटर प्रतिघन्टा रहेको खानले बताए । फ्लाटवेट बडी–स्टाइलमा निर्माण भएको यो कारमा मिनी ह्वील लगाइएको छ । 

जस्तोसुकै रोडमा गुड्न सक्ने यो कारमा दुईवटा सिट राखिएको छ । खानले यसअघि पनि संसारकै सबैभन्दा ठूलो साइजको मोटरसाइकल निर्माण गरी गिनिज बुकमा आफ्नो नाम लेखाइसकेका छन् । उनले निर्माण गरेको मोटरसाइकल १३ फिट अग्लो थियो । 


Back_to_top