सांघाई अटो शो सुरू, दर्जनौं नयाँ मोडल सार्वजनिक (फोटोफिचर)

सांघाई  । विश्वकै सबैभन्दा ठूलो मध्येको एक ‘सांघाई अटो शो २०२५’ सुरू भएको छ । आजदेखि चीनको सांघाईमा उक्त अटो शो सुरू भएको हो ।

१० दिनसम्म चल्ने अटो शोमा विभिन्न २६ देशका करिब १ हजार कम्पनीहरूले सहभागीता जनाएका छन् ।

सांघाई अटो शोमा विभिन्न कम्पनीले उत्पादन गरेका दर्जनौं नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका छन् ।

त्यस्तै, चिनियाँ ब्राण्डहरु बीवाइडी, फायर फ्लाई, हुवावे, चांगन, डोङफेङ, ओमोडा/जेको, जीकर, जिली, डेन्जा, याङवाङ, एक्सपेङ, एलआई अटो, लिपमोटर लगायत दर्जनौं चिनियाँ स्टार्टअप कम्पनीले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।

त्यस्तै, जापानी ब्राण्ड टोयोटा, निसान, माज्दा, होण्डा, युरोपियन ब्राण्ड फक्सवागेन, रेनो, बीएमडब्लू, मर्सिडिज, बेन्टले, पोश्र्चे, आइकार, स्मार्ट, अभतार, जेटोर लगायतका ब्राण्डले पनि नयाँ मोडल देखाएका छन् ।

त्यसैगरी,  नियो, अन्भो, शाओमी, हुवावे, फ्याङ चेङ बाओ, बीएमडब्लू, ग्रेटवाल मोटर, लोटस लगायत लग्जरी ब्राण्डले नयाँ मोडल सार्वजनिक गरेका छन् ।

सांघाई अटो शोमा प्रदर्शन गरिएका केही नयाँ मोडल नेपालमा समेत आउने छन् । अटो शोमा देखाइएका जेकोले जे फाइभ, ली मोटरले बी १०, नामीले ०६, एमजीले साइबर एक्स, दीपल एस ०९, साओमी एस यू ७, भीडब्लू आइडी ३ लगायत मोडल नेपाल आउने छन् ।


Back_to_top